logo

पूर्व पदाधिकारीहरुको बिज्ञप्ति प्रति प्रेस चौतारी नेपालको कडा प्रतिक्रिया सार्वजनीक, अदालतको फैसला गम्भिर र जटील

      6/14/2021 गते 00 00 मा प्रकाशित     723   पटक पढिएको

पाँच जना पूर्वप्रधानमन्त्रीहरुले जारी गर्नु गर्नुभएको बिज्ञप्ति प्रति प्रेस चौतारी नेपाल प्रदेश २ ले कडा प्रतिक्रिया जनाएको छ ।

 

प्रेस चौतारी नेपाल प्रदेश २ ले  पाँच जना पूर्वप्रधानमन्त्रीहरुले निकालेको वक्तब्य  मुलुकलाई असफल राष्ट्र बनाउ उद्धत रहेको टिप्पणी गरेका छ ।

 

प्रेस चौतारी नेपालका प्रदेश यन्चार्ज लालबाबु शेख र प्रदेश संयोजक फणी महतले जारी गनुृ भएको संयुक्त बक्तब्यमा पूर्वप्रधानन्यायाधीशपछि पूर्वप्रधानमन्त्रीहरु सबिधान भन्दा बाहिरको बाटोबाट आफ्नो पक्षमा फैसला गर्न अदालतलाई दवाव दिने र सरकारलाई काम गर्न नदिने नियोजित षडयन्त्रबाट अघि बढेको प्रष्टै देखिएको उल्लेख छ। 


संबिधानवादमा बिश्वास नगरी भन्दा बाहिर गएर समस्याको समाधान खोज्ने र बैधानिक निकायमाथि बाहिरबाट कब्जा गर्ने तरिका लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन ।

 

तर मुलुक सञ्चालनको नेतृत्व गरिसकेका नेताहरुबाट आफ्नो पद प्राप्ती नै अन्तिम अभिष्ट बनाएर जनतामा निराशा पैदा गर्ने र कम्पर्टेवल सरकार बनाउने घोषणा कसैको सेवा गर्ने उदेश्य पनि झल्किएको बिज्ञप्तिमा उल्लेख छ ।

 

 बिज्ञप्तिमा पछिल्लो पटक सर्वोच्च अदालतबाट कर्णाली प्रदेशका चार जना सांसदमाथि कार्वाही गरिएको बिषयमा आएको फैसला प्रति पनि चौतारीले आफनो प्रतिक्रिया सार्वजनीक गरेको छ । चौतारीले फैसला निकै गम्भीर र जटिल रहेको जनाएको छ ।

 

राजनीतिक दलको बिधानअनुसार कार्वाहीमा परेका सांसदलाई पुनर्बहाली गर्दै बैधानिक केन्द्रीय कमिटीले गरेको निर्णय नै नमान्ने कुरा संबिधानअनुसार भएको मान्न सकिन्न बिज्ञप्तिमा भनिएको छ । 


अदालत यस्ता कुराबाट अलग रही मुलुकमा कानूनी राज कायम गराउन लाग्नुपर्छ भन्ने आम मान्यता रहेको छ । नेकपा एमाले र कर्णाली प्रदेशका सांसदको बिषयमा सम्मानित सर्बोच्च अदालतबाट आएको आदेश नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐनको पुर्णतः बर्खीलापमा छ । संविधानको मर्म र भावनाविरुद्ध आएको यो आदेश न्यायलयबाटै सच्याउन चौतारीले सुझाएको छ । 


चौतारीले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार र खोपमा सम्पुर्ण ध्यान केन्द्रीत गर्न र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हनन हुने कुनै पनि काम नगर्न सम्वद्ध सवै पक्षसँग हार्दिक अपिल गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.