logo

नेपाली कांग्रेस १४ औं महाधिवेशन, सभापतिमा देउवा लड्ने निधि भिड्ने

      6/20/2021 गते 00 00 मा प्रकाशित     559   पटक पढिएको

१४ औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी गरिरहेका सभापति देउवालाई  आफ्नै टिम मिलाउन गार्हो देखिएको छ । अहिलेका उपसभापति बिमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने भएपछि देउवलाई चुनौती थपिएको हो ।


देउवा निवास बूढानीलकण्ठमा शनिबार भएको भेटमा निधिले देउवागर्नु भएका  देउवाले पनि प्रदेश १ र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने आफूपक्षीय केन्द्रीय सदस्यलाई बोलाएर छलफल प्रारम्भ गर्नु भयो।

बूढानीलकण्ठमा भएको भेटमा उपसभापति निधि, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, जंगीलाल राय र शम्भुलाल श्रेष्ठलगायतका नेताहरू सहभागी थिए।


भेटमा देउवाले निधिलाई आफू सभापतिमा उठने भएकोले आफनो पक्षका प्रतिनिधि धरै ल्याउन आग्रह गर्नु भएको थियो । जवाफमा उपसभापति निधीले तापाई नलडनुस म लड्छु भन्ने जवाफ दिनु भएको थियो । जवाफमा देउवाले पनि लड्ने तपाईको अधिकार हो भन्दै लडनुस भन्नु भएको थियो । 

 


निधिले आफू देउवकै उम्मेदवार हुन चाहेको भन्दै सभापति देउवसंग लामो समयको संगत र सम्बन्धको आधारमा सहयोगको माँग गर्नु भएको थियो । निधीले सभापति देउवालाई प्रधानमंत्रीमा सघाउने र आफूलाई सभापतिमा सघाउन आग्रह गर्नु भएको थियो । 

 

‘सभापतिजीले म आफैं चुनाव लड्छु यही मेरो अन्तिम निर्णय हो भन्नुभयो,’ बैठकमा सहभागि एक नेताले भन्नुभयो ,‘उपसभापतिजीले पनि म भिड्छु यो मेरो अन्तिम निर्णय हो भन्दै त्यहाँबाट निस्कनु भयो।’

त्यसअघि प्रदेश १ का नेताहरूसँग देउवाले भेट गर्नु भएको थियो। प्रदेश १ का नेताहरुले मिलेर जानु पर्नेमा जोड दिएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.