logo

कार्यकक्षमै थुनिए वीरगञ्ज महानगरको शिक्षा महाशाखा प्रमुख कर्ण

      6/20/2021 गते 00 00 मा प्रकाशित     2126   पटक पढिएको

वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुख अर्बिन्दलाल कर्णलाई आइतबार विद्यार्थीहरुले  कार्यकक्षामै एक घण्टा थुनेका छन् । 

आवश्यक तयारीविनै नगरक्षेत्रको विद्यालय संचालन गराउन खोजेको भन्दै उनीहरुले शिक्षा महाशाखा प्रमुख कर्णलाई विहान साढे एघार बजे देखी  देखि साढे १२ बजे सम्म १ घण्टा कार्यकक्षमै थुनेका हुन् । 

 

केहीदिन अघि संयुक्त विद्यार्थी संघर्ष समितिले भौतिक रुपमा विद्यालय संचालन गर्ने  मापदण्डका बारेमा प्रष्ट पार्नु पर्ने, विद्यार्थीका विषयमा कुनै पनि निर्णय गर्दा आफुहरुलाई पनि संलग्न गराइनु पर्ने लगायतका माग राख्दै शिक्षा महाशाखा प्रमुखको ध्यानाकर्षण गराएका थिए । 


महाशाखा प्रमुखले विद्यार्थीको हितविपरित गएर काम गर्न लागेपछि बाध्य भएर उहाँलाई कार्यकक्षमै थुन्नु परेको संयुक्त विद्यार्थी संघर्ष समितिका प्रवक्ता हेमन्त तामाङले बताउनु भयो  । 

 

संघर्ष समितिका संयोजक विकास तिवारीको नेतृत्वमा गएको विद्यार्थीको टोलीले कर्णलाई कार्यकक्षमा थुनेका हुन् । 

विद्यार्थीहरुले महाशाखा प्रमुखको कार्यकक्षमा ताला लगाउँदै शैक्षिक माफिया मुर्दावाद, विद्यार्थीको स्वास्थ्य माथि खेलवाड गर्ने पाइँदैन, नालायक शिक्षा महाशाखा प्रमुख मुर्दावाद  लगायतका नारा लगाएका थिए । 

 

तालाबन्दी पश्चात् आयोजित कोणसभालाई विद्यार्थीहरु नेताहरु एजाज बाबु, धर्मराज यादव लगायतका नेताले सम्बोधन गर्दै विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै अघि बढ्न स्थानीय सरकारलाई आग्रह गरेका थिए । 
कार्यक्रमको सहजीकरण संघर्षसमितिका सह संयोजक कविराज पटेलले गर्नु भएको थियो।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.