logo

नगरलाई वाईफाई फ्रि बनाइने छ -यादव

      11/11/2017 गते 00 00 मा प्रकाशित     1601   पटक पढिएको

बीरगंज २५ कात्र्तिक । 
आइ.टी.महासंघ नेपाल मध्यमांचल क्षेत्रीय कार्यालयले बीरगंजका प्राबिधिक आइ.टी.तर्फ अध्यनरत बिद्यार्थीहरुका लागि सुचना प्राविधिका बारे हयाकिङ्ग र सेक्युरिटी सम्बन्धी एक दिने तालीम सम्पन्न गरेको छ ।संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले देश भरिका बिद्यार्थीहरुलाई यास्तो तालिम दिन आवश्यक रहेको बताए । उनले  बीरगंज लाई स्मार्ट सिटिको रुपमा परिवर्तन गर्ने र नगरभरि फ्रि वाई.फाईको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाए  । 
कार्यक्रममा क्षेत्रीय कार्यालयका सदस्य तथा बीरगंजस्थित बिभिन्न कलेजका करिब चार सयजना बिद्यार्थीहरुले उक्त तालिमबाट लाभान्बित भएका थिए । आइ.टी.महासंघ नेपाल मध्यमांचल क्षेत्रीय कार्यलयका अध्यक्ष बिजय कुुमार कुशवाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा आइ.टी.महासंघका केन्द्रिय अध्यक्ष राजुु कुशवाहा, केन्द्रिय कमिटीका उपाध्यक्ष बिजय कुशवाहा, केन्द्रिय सदस्य दिपक तिवारी, मध्यमांचल क्षेत्रीय कमिटीका सचिव शम्भु साह, सहसचिव प्रशान्त कुमार, कोषाध्यक्ष पुरुषोत्तम चौरसिया, मिस्टर हेण्डसम बीरगंजका संदिप कुमार पण्डित लगायतको सहभागिता रहेको थियो । 
आइ.टी.महासंघ नेपाल मध्यमांचल क्षेत्रीय सचिव शम्भु साहले स्वागत गरेका थिए भने सहजीकरण सहसचिव प्रशान्त कुमारले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.