logo

बीरगंजमा प्राविधिक विश्वविद्यालयको स्थापना हुने

      8/23/2019 गते 00 00 मा प्रकाशित     1895   पटक पढिएको

जनकपुरधाम ६भदौ  । प्रदेश नं. २को मन्त्री परिषदको बैठक आज सागर नाथ वन विकास परियोजनाको कार्यालयमा सम्पन्न भएको छ । 


बन र चुरेको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको सन्देश दिने उद्देश्यका साथ मन्त्री परिषको बैठक सागरनाथ बनमा गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए । 


मन्त्री परिषदको उक्त बैठकले प्रदेशको आठ वटै जिल्लामा १ सय ९५ हेक्टरमा वृक्षारोपण गर्ने , सागरनाथ लगायतका प्रदेश भित्रका वनहरुको संरक्षण सम्बद्र्धन गर्ने , निगमको नाउमा संघीय सरकारले वन फडानी गर्न गरि रहेको प्रपंच विरुद्ध कडारुपमा प्रस्तुत हुने , चुरे संरक्षणका लागि अहिले भै रहेको अनियन्त्रित उत्खननमा तत्काल रोक लगाउने, गैरकानूनी बसोवासलाई नियन्त्रण गर्ने जस्ता निर्णय हरु गरेको प्रवक्ता यादवले बताए  । 
त्यसै गरि मन्त्रीपरिषदको बैठकले प्रदेशका निजामति कर्मचारीहरुलाई प्रोत्साहित गर्न आन्तरिक पर्यटन निर्देशिका लाई समेत स्वीकृति प्रदान गरेको छ । 


मन्त्री परिषदको वैठकले बीरगंजमा प्राविधिक विश्वविद्यालयको स्थापना सम्बन्धी विधेयक लाई सैद्धान्तिक सहमति दिनुका साथै संघीय सरकारले प्रदेश नं. २मा अनियन्त्रित तवरले बाँडि रहेको पेट्रोल पम्प र ग्यास डिपोको लाइसेन्स प्रदेशको निर्देशिका तयार नहुञ्जेल सम्म  वितरणको कार्य रोक्न सम्बन्धित निकायलाई  निर्देशन दिने निर्णय समेत गरेको छ।  
सागरनाथ वनको स्वामित्वको विषयमा संघीय सरकार विरुद्ध प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

 

अदालतमा बिचाराधिन मुद्धाको किनारा नलाग्दै प्रदेश सरकारले आफनो मन्त्री परिषदको वैठक सागरनाथ वनको कार्यालयमा गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.