बारा, ९ माघ ः बाराको गढिमाई नगरपालिका १६ डकाहामा रहेको प्रशंसा गाईपालन कृषि फारमले बार्षिक ११ लाख रुपैयाँको दुध बिक्री गरेको छ । स्थापना गरेको तीन बर्ष पछि प्रशंसा गाईपालन कृषि फारमले १५ वटा गाई र ५ वटा भैसिबाट एक वर्षमा २४ हजार लिटर दुध बिक्री गरेर ११ लाख रुपैयाँ आर्जन गरेको फारमकी राममाया तामाङले बताइन ।
उनले यसैवर्ष उत्कृष्ट पशुपाल किसानको सम्मान पनि प्राप्त गरेकी छन् । डुमरवना दृग्ध उतपादन सहकारी संस्थाको बार्षिक उत्सवमा राममायालाई हालसम्मकै सफल पशुपालक युवा किसान घोषणा गरी नगद, दोसल्ला र कदर पत्रबाट सम्मान गरेको थियो । उनको नेतृत्वमा रहेको फर्ममा हाल साना ठूला गरी ४० वटा गाई र भैसी रहेका छन् ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।
नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।
बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया