logo

बालविवाह र दाईजो प्रथा विरुद्ध कार्यक्रम

बालविवाह र दाईजो प्रथा विरुद्ध कार्यक्रम

      1/24/2017 गते 00 00 मा प्रकाशित     1659   पटक पढिएको

वीरगञ्ज, ११ माघ । पर्साको लालपर्सामा मंगलबार बालविवाह तथा दाईजो प्रथा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय पर्सा र जिल्ला बाल कल्याण समिति पर्साको सहयोगमा जिल्ला बाल क्लब सञ्जाल पर्साले सचेनामुलक कार्यक्रम गरेको हो ।

‘कुराकानी गरौं विहेको जब पुग्छ उमेर २० को’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले कुरीतिको रुपमा समाजमा जरो गाडेर बसेको बालविवाह र दाईजो प्रथा उन्मुलनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले बालबालिकाहरु नै कुरीति विरुद्ध अग्रसर हुनु सकारात्मक काम भएको बताएका छन् ।  कार्यक्रममा बोल्दै प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक भिमसिंह थामीले बाल विवाह गराउन खोजिए पहिला परिवारलाई सम्झाउन र परिवारले नमानेको खण्डमा विद्रोह गर्न सुझाव दिए । उनले दाईजो प्रथाले महिलालाई किनबेच गर्ने बस्तु जस्तो बनाएको भन्दै त्यसको उन्मुलन आवश्यक रहेकोमा जोड दिए ।

नेपाल राष्टिूय निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक राम आधार साहले विद्यालयका बालबालिकाले अभियानका रुपमा बालविवाह र दाईजोप्रथा विरुद्ध अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा प्रशिक्षक मनोज गुप्ताले बाल अधिकार, बाल संरक्षण, बाल विकास, अर्थपूर्ण बाल सहभागीताका बारेमा सहभागीहरुलाई जानकारी गराए । साथै गुप्ताले बाल विवाह र दाईजो प्रथा विरुद्ध बनेका ऐन नियमहरुको बारेमा जानकारी गराएको बाल क्लब सञ्जाल पर्साकी सचिव कृति श्रीवास्तवले बताईन् । कार्यक्रमको अध्यक्षता जिल्ला बाल क्लब सञ्जाल पर्साका अध्यक्ष जया साहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.