logo

खाजा खर्च कटाएर सामुदायिक बिद्यालयमा रंगरोगन

      1/30/2017 गते 00 00 मा प्रकाशित     1351   पटक पढिएको
वीरगंज,१७ माघ
वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा स्थानिय युवाहरुले खाजा खर्च बाट  रंगरोगन गराएका छन् । बिद्यालयमा निर्मित दुई कोठे नयाँ भवन, पर्खाल र मुख्य ढोकालाई स्थानिय युवाहरुले रंगरोग गराएका हुन । 
नेकपा एमाले वडा नं. २६का वडा अध्यक्ष लालबाबु यादव र पत्रकार राकेश साहको बिशेष सक्रियतामा  बिद्यालय रंगरोगन गरिएको बिद्यालयका प्र.अ प्रमोद पाठकले बताए । बिद्यालय प्रति स्थानिय युवाहरुको बढदो झुकावले आफु ज्यादै हर्षित भएको बताउदै बिद्यालयको बिकाशमा आफुलाई थप उर्जा मिलेको  प्र.अ पाठकले बताए । 
बिद्यालय रंगरोगनमा कुल १५ हजार लागत लागेको र सम्पुर्ण रकम वडा कमिटीका सदस्य र एमाले पार्टीका स्थानिय युवाहरुबाट संकल्न गरिएको वडा अध्यक्ष लालबाबु यादवले बताए । 
बिद्यालय रंगरोगनमा राकेश साह गोंड, लालबाबु यादव, ,हरेन्द्र यादव,अवधकिसोर कुशवाहा,सुनिता देवी यादव, प्रियांका गोंड, नारायण बढई,हसिना यादव, जगरनाथ दास, अमिका यादव, रामकिसोर सिंह (पराग),,रबिकृष्ण श्रेष्ठ लगायतकाले आर्थिक सहयोग गरि सहयोग गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.