logo

पर्खालले च्यापिएर एकको मृत्यु

      2/18/2017 गते 00 00 मा प्रकाशित     1070   पटक पढिएको

वीरगन्ज ७ फागुन । 
बीरगंजमा ढल तथा नालाको निर्माण गर्ने क्रममा शनिबार बिहान पर्खाल भत्किएर खस्दा त्यसमा च्यापिएर एक जना कामदारको मृत्यु भएको छ । पर्खाल भत्किएर खस्दा त्यसमा च्यापिएर रौतहटको रमौली ४ का राम पुकार सहनीको घटनास्थलमै मृत्यु भएको हो । अरु तीन जना कामदार गम्भिर घाइते भएका छन  । एशीयाली विकास बैंक एडिबीको आर्थिक सहयोगमा वीरगन्जमा सन्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजना अन्तर्गत ढल निर्माणकालागि खाल्डो खनिदा पर्खाल भत्किएको हो । 
 पर्खालले च्यापिएर रौतहटको मदनपुर १ का गणेश शाह , रमौली ४ का उपेन्द्र दास र बालेश्वर सहनी गम्भिर घाइते भएका छन् । बालेश्वर सहनी र गणेश साहको वीरगन्जमा उपचार हुन नसकेपछि दुवै जनालाइ थप उपचारका लागि काठमाण्डौको वीर अस्पतालमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।  अर्का घाइते उपेन्द्र दासको भने नेशनल मेडीकल कलेज वीरगन्जमै उपचार भइरहेको छ । वीरगन्जमा सन्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजना अन्तर्गत ढल तथा नाला निर्माणको ठेक्का कालीका कन्ट्रक्सन प्रालिले लिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.