logo

उपमहानगर प्रमुखले सार्वजनीक पोखरीमा झण्डा गाडे

      4/24/2017 गते 00 00 मा प्रकाशित     1304   पटक पढिएको


वीरगन्ज, ११ बैशाख । राजनीतिमा अन्य कसैको जग्गा जमिनमा झण्डा गाडेर कब्जा गरेको घोषणा गरिने अभ्यास एकताका खुबै चलेको थियो । त्यही झल्को दिने गरी बीरगंज उपमहानगरपालिकाको वडा नं १२  मा रहेको मुर्ली पोखरीको डिलमा सोमवार बीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले झण्डा गाडे । तर त्यो झण्डा पोखरी कब्जाको घोषणाकोलागि नभई पोखरीलाई सफा राख्ने सन्देश प्रवाहका लागि थियो । पहेलो कपडमा बनाइएको झण्डामा खुलादिशामुक्त क्षेत्र लेखिएको छ । बीरगंज उपमहानगरपालिकाले बीरगंजमा रहेको पोखरी ,नदी र नालाको सफाई अभियान शुरु गर्दै पोखरीको डिलमा झण्डा गाडिएको हो  ।

बीरगंज उपमहानगरपालिकाको वडा नं १२ मा रहेको मुर्ली पोखरीबाट लोकतन्त्र दिवसको अवसर पारेर झण्डा गाडदै पोखरीको  सरसफाई गरेर सरसफाई अभियान शुरु भएको हो । बीरगंजमा उपमहानगरको स्वामित्वमा ४५ वटा साना ठुला पोखरीहरु रहेका छन । पोखरी सफाईको नौ दिने अभियानको कार्यायोजना बनाएर सफाई कार्यक्रम शुरु गरिएको सरसफाई बिज्ञ तवरेज अहमदे जानकारी दिए । सफाई अभियानमा स्थानीय टोल बिकास संस्थाका पदाधिकारी सदस्य , वडा नागरिक मंच र नागरिक सचेतना केन्दका पदाधिकारी र सदस्यहरुको सहभागितामा कार्यक्रम संचालन भएको हो ।

पानीको स्रोतको रक्षा र अन्य आवश्यकताको आपूर्तीकालागि पोखरीको महत्व रहेकोले स्थानीय समुदायलाई पोखरी संरक्षणयमा सहभागि हुने वतावरण बनाउन अभियान संचालन गरेको उपमहानगरका कार्यकारी अधिकृत अधिकारीले बताए । पहिला पिउने पानीको स्रोतको रुपमा पोखरी रहे पनि अहिले पोखरीको डिलमा दिशा गर्ने र पोखरी फोहर बिर्सजन गर्ने प्रवृति बढेकोले अभियानको आवश्यकता भएको सफाई बिज्ञ तवरेज अहमदको भनाई छ ।


तराईमा नदी प्रवाह नभएको ठाउमा छठ पूजाको निम्ति पोखरीको महत्व अति छ । उदाउदो र अस्ताउदो सूर्यलाई जलमा उभिएर अर्घ दिने भएकोले पोखरीको महत्व धार्मिक रुपमा पनि छ तर त्यसको सरसफाई भने चाडको बेलामा मात्र हुने अवस्था छ । पोखरीलाई हर हमेशा सरसफाईयुक्त राख्न स्थानीय उपभोक्ता जागरुक बनाउन अभियानले अर्थराख्ने परामर्शदाता महेश आर्यालको भनाई छ । ९ दिनमा सबै पोखरीमा अभियान पुग्ने गरी काम भइरहेको बीरगंज उपमहानगरपालिका समाजिक बिकास महाशाखाका प्रमुख सुनील कर्णले बताए ।

मुर्ली पोखरी टोल बिकास संस्थाका अध्यक्ष शाजीद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने महासंघका सह सचिव आर.के पटेल नागरिक सचेतना केन्द्रका अध्यक्ष आयशा खातुन निर्वतमा वडा अध्यक्ष योगेन्द्र साह कानु र वडा नागरिक मंचका अध्यक्ष बीरेन्द्र महतो कौशीला कार्की संचारकर्मीहरु प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बृजलाल पासवान, नेपाल प्रेस युनियनका उपाध्यक्ष बिजय चौहान माधुरी महतो बिजय भण्डारी लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.