logo

माझीको उपचारमा आर्थिक सहयोग जुटदै

      4/11/2017 गते 00 00 मा प्रकाशित     1410   पटक पढिएको

बीरगंज २९ चैत । 
एबडोमिनल एब्सट्रक्सनबाट पीडित भई उपचार गराई रहेका सिकेन्द्र माझिलाई आर्थीक सहयोग प्राप्त भइरहेको छ । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको तर्फबाट अध्यक्ष रामनरेश यादवले माझीलाई अस्पतालमै गएर सहयोग राशी प्रदान गरे । संस्थाको तर्फबाट ५ हजार  कर्मचारीहरुको तर्फबाट संकलन गरिएको थप १ हजार २ सय यादवले माझीलाई हस्तान्तरण गरेको माझी बचाऔ अभियानका प्रकाश थारुले बताए । उनको स्वासथ्य अवस्थामा सुधार आइरहेको  उनको उपचारकोलागि अर्थ संकलनको अभियान संचालन गर्ने अभियान्ता प्रकाश थारुले बताए । बीरगंजको नेशनल मेडिकल क्लेजमा उपचार गराई रहेका सिकेन्द्र माझी आन्द्रा फूटेर शरीर भरि संक्रमणबाट पीडित छन । उनको ससम्पतीको नाममा एक श्रीमती ३ छोरा २ छोरी मात्र छन । जेठो छोरी ९ वर्ष कान्छो छोरा डेढ वर्षका छन । आर्थिक अभावमा बीरगंजकाृ नारायणी उपक्षेत्रीय अस्पतालमा जीवन संग संघर्ष गरिरहेका माझीलाई सामाजिक अभियान्ता प्रकाश थारुले  फाल्गुन १३  बीरगंजको नेशनल मेडिकल कलेजमा उपचारकालागि भर्ना गराएका थिए । सानो आन्द्रामा गाठो परेर फुटे पछि नारायणी अस्पतालले नेशनल मेडिकल क्लेजमा रिफर गरेको थियो । आफूसंग भएको पैसाले माझीको उपचार शुरु गरेका थारुले त्यही दिन सामाजिक संजालमा “पैसा नभए अउपचारको अभावमा मान्छे मर्ने रहेछ” भन्दै सन्देश लेखे । उनको यो सन्देश पढनेहरुले त्यही दिन सहयोगी हातहरु बढाए र उपचारका लागि २१ हजार रुपैया त्यही दिन उठ्यो । सहयोग जुटने कुराले उत्साहित भएका थारुलाई यो अभियानमा  युवासंचारकर्मी राजेन्द्र सिंहको पनि महत्वपूर्ण सहयोग रहेको छ ।  । माझीको जीवन जोगाउनकालागि अझै पनि रकमको आवशयकता भएकोले सहयोगी मनहरुलाई सहयोग जुटाउन अभियान्ता थारु र सिंहले अपिल गरेका छन । अहिले माझीको स्वास्थ्यमा सुधार आएको उनीहरुको भनाई छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.