logo

 म्यादी प्रहरी बनाउनेहरु रातोबंगलाबाट पक्राउ

      10/31/2017 गते 00 00 मा प्रकाशित     1433   पटक पढिएको

बीरगंज १४ कार्तिक। म्यादी प्रहरीमा जागीर लगाउने भन्दै ठगी गर्ने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बहुदरामाई नगरापालिका वडा नं १ का हरिनारायण  राम सोही ठाउका बिसुनदेव प्रसाद यादव छठु महरा चमारलाई पक्राउ गरेको हो ।
    उनीहरुलाई प्रहरीले सोमवार अपरान्ह जिल्ला प्रहरी कार्यालयको नजकै रहेको यातायात संस्थानको रातो बंगलाबाट पक्राउ गरेको हो ।  उनीहरुले बिभिन्न ब्यक्तिहरुको प्रवेश पत्र मिलाउदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरुको साथबाट म्यादी प्रहरीमा भर्नाहरुकालागि आवेदन दिएका २२ जनाको प्रवेश पत्र अन्य २० जनाको प्रवेश पत्रको फोटोकपी ,स्वास्थ्य परिक्षण गराईको पाँच थान रिपोर्ट  र ३७ हजार १ सय रुपैया नगद बरामद भएको प्रहरीले जनायो । म्यादी प्रहरीमा भर्ना हुनकालागि मेडिकल रिपोर्ट आवश्यक नभएपनि भर्ना हुन चाहनेहरुकोलागि भ्रममा पार्न त्यस्तो रिपोर्ट बनाएको प्रहरीले जनायो ।
    आरोपीतहरुले म्यादीमा भर्ना हुन चाहनेहरुसंग ३ देखी ५ हजार रुपैया उठाएको पाइएको पर्सा प्रहरीले जनायो । प्रहरीले भने म्यादी प्रहरीमा सफल भएका ब्यक्तिहरु आफनै क्षमताका कारण सफल भएको भन्दै कसैलाई भ्रममा नपर्न आम जनतालाई अपिल गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक डा.गणेश रेग्मीले बताए  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.