logo

पूर्वराष्ट्रपति यादवलाई घर छाड्न १५ दिने अल्टिमेट

      11/6/2017 गते 00 00 मा प्रकाशित     956   पटक पढिएको

 काठमाडौं, २० कात्तिक :

घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न अल्टिमेटम जारी गरिएको छ । 


नयाँ संविधान जारी भएपछि कार्यकाल सकिएसँगै पूर्वराष्ट्रपति यादव ललितपुर महानगरपालिका–४ बागडोलस्थित रविभक्त विष्टको घरमा बस्दै आएका छन् । उक्त घरको सम्पूर्ण भाडा व्यहोर्ने जिम्मा सरकारले लिएको छ । 


घरधनि बिष्टले सोमवार नागरिक दैनिकमा एक सार्वजनिक सूचना प्रकाशन गर्दै १५ दिनभित्र घर खाली गर्न पूर्वराष्ट्रपति यादवलाई अनुरोध गरेका छन् । २०७४ साउन १ गतेदेखि घर भाडामा बस्ने सम्झौता नवीकरण नभएको र त्यति नै मितिदेखि घरभाडा समेत नपाइएको भन्दै घरधनि बिष्टले घर खाली गर्न राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपति यादवलाई अनुरोध गरेका हुन् । 


विष्टले १५ दिनभित्र घर आली नगरिए कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिएका छन् ।


पूर्वराष्ट्रपति यादव २०७२ साल कात्तिक २ गतेदेखि ललितपुर महानगरपालिका–४ बागडोलमा भाडाको घरमा बस्दै आएका छन् । उक्त घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ ।


घरधनि विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गरेका छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.