logo

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न 

      11/9/2017 गते 00 00 मा प्रकाशित     1370   पटक पढिएको

वीरगंज २३  कार्तिक र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको अयोजनामा आज वीरगंजमा लायन्स अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । भविष्यको लागी शान्ति भन्ने मुल नाराका साथ दिल्ली पब्लिक स्कुल वीरगंजमा आयोजित प्रतियोगितामा स्कुलका २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बंशीका जलान प्रथम, सुहानी श्रीवास्तव दोश्रो, तेहरीम ताबिज तेश्रो र रुद्रानी आनन्द चौथो भएका थिए । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन विजया ओझैयाको सभापतित्वमा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि जीवन ज्योति उच्च माविका प्रिन्सिपल शिवजी गुप्ता, विशिष्ट अतिथि दिल्ली पब्लिक स्कुलका प्रिन्सीपल डा। जि।एस। चौधरी, लायन्स क्लबकी एम्बेसेडर अफ गभर्नर लायन मिनाक्षी गुप्ता, जोन चेयर पर्सन लायन रेखा वैद्य, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, विद्यालयका भाईस प्रिन्सिपल रन्जिव आनन्द, प्रतियोगिताका निर्णायक धनन्जय मिश्र, समाजसेवी एवं वातावरणविद जसपाल सिंह, क्लबकी सदस्यहरु अर्चना वर्णवाल, सोनल चौधरी, अनामिका पुजारी, कुमकुम टिबडेवाल, सपना मित्तल अग्रवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण क्लबकी सचिव लायन मौसम भंगरले गर्नुभएको थियो भने स्वागत मन्तब्य क्लबकी सदस्य लायन आश्मा सिंह यादवले व्यक्त गर्नु भएको थियो । प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई निर्णायक र अतिथिहरुद्वारा पुरस्कार समेत वितरण गरिएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कवि विप्लव प्रतीकको हाइकु संग्रह ‘शाडेनफ्रोएडा’को बीरगंज लाकार्पण,

वीरगञ्ज । कवि विप्लव प्रतीकद्वारा लिखित ‘शाडेनफ्रोएडा’ नामक कृतिको “वीरगञ्ज लोकार्पण”सामेवार बीरगंजमा गरिएको छ । पाठशाला नेपाल र ज्ञानदा एकेडेमीको संयुक्त आयोजनामा लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.