logo

चुनावी प्रचारमा मात्र होईन सामाजिककाममा पनि उक्तिकै सक्रिय छन अन्सारी 

      11/11/2017 गते 00 00 मा प्रकाशित     1737   पटक पढिएको


वीरगन्ज, २५ कार्तिक । उम्मेदवारहरुलाई फूर्सद छैन । नमस्कार गर्दै जनताको घरदैलो चहार्नुमै उम्मेदवारहरुको दिन बितेको छ । तर पर्सामा एउटा यस्ता उम्मेदवार छन । उनी चुनाव प्रचार मात्र हैन सामाजिक काममा पनि त्यतीकै क्रियाशिल छन । चुनावी कामको चापसंगै समय ब्यवस्थापनको चुनौती ति उम्मेदवार संग पनि छ ।

 

तर बहुप्रतिभाका धनी सकारात्मकतामा बिश्वास गर्ने शालीन ब्यक्तिको छवी बनाएका उनी पर्सेली युवाकालागि त “आइडल” हुन मुलुक र मुलुक बाहिरकालागि नेपाली युवाहरुपुगेको ठाउमा पनि उनी त्यतिके रुचाइएका युवा नेता हुन । उनको गतिविधिमा बिदेशीएका युवाहरुले  चासो राख्ने गरेका छन । नेपालका युवा युवतीले उनीलाई जिताउन आग्रह गर्दै पर्सेली युवाहरुलाई सामाजिक संजाबाट अपिल गरिरहेका छन ।

 

ति युवा नेता हुन रहवर अन्सारी ।    बाम गठबन्धनबाट चुनाव क्षेत्र नं १ का े“क”बाट उम्मेदवार बनेका माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी भने चुनावी प्रचार सगै सामाजिक गतिविधिमा पनि सहभागिता हुने गरेका छन् । शनिबार वीरगन्जको माईस्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा आफैं सहभागि भएर उनले रक्तदान गरे । रोट्र्याक्ट क्लब अफ वीरगन्जले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम स्थल माइस्थानमा गएर  अन्सारीले रक्तदान गरेका हुन् ।माइस्थान रहवर अन्सारीको चुनाव क्षेत्र होइन । 

भोट बढ्छ भन्ने ठानेर उनी त्याहा पुगेका पनि होइनन । रक्त अभावमा कसैको ज्यानजानु हुदैन यो सन्देश प्रवाह होस भनेर आफू रक्तदान कार्यक्रममा सहभागि भएको उनको भनाई छ । उनी आफू मात्र सहभागि भएनन उनले उत्प्रेरीत गरेर पार्टीका नेताहरु  हरि मण्डल, अखिल क्रान्तिकारीका रामबाबु मण्डल, नेहा पौडेल, सुरभी मिश्र, सुशान्त मिश्र, उमेश मिश्र, करण कुमार, बैजु प्रजापती, यसोदा सोडारी रक्तदानमा सहभागि हुने बतावरण बनाए  ।  

 

अहिले रक्तसञ्चार केन्द्रमा दिनहु करिब ३०÷४० पोका रगतको माग हुने गरेकोले “सचिन स्मृति“को विशेष अवसर पारेर रेडक्रस सोसाईटी पर्साको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो अयोजक ले जनाए । ४ महिला सहित ५१ जनाले रक्तदान गरेको कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्राबिधिक जितेन्द्र कुशवाहाको टोलीले प्राबिधिक सहयोग गरेको थियो । कार्यक्रमको समन्वय रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सौरभ शाहको अध्यक्षतामा भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.