logo

महिलाहरुलाई आर्थिक सवलीकरण र आत्मनिर्भर बनाउन आवश्यक नगर प्रमुख सरावगी    

      1/3/2021 गते 00 00 मा प्रकाशित     606   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महिलाहरुलाई आत्म निर्भर बनाएर आर्थिक सवलीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

 

वीरगन्ज महानगरको नगर स्तरीय बजेटबाट वडा नम्बर–३२ चोर्नीमा दलित महिलाहरुलाई लक्षित गरि आयोजना गरिएको ३ महिने सिलाइ कटाइ तालिमको उदघाटन गर्दै नगरप्रमुख बिजय कुमार सरावगीले महिलाहरु आत्म निर्भर भई आर्थिक आत्मनिर्भरता नहुने बतउनु भयो ।

 

 महिलाहरु आर्थिक उत्पादनमा सहभागी भए जीवनस्तरमा पनि सुधार हुने भएकोले आर्थिक उपार्जनमा महिला सहभागिता अपरिहार्य रहेको उहाँले बताउनु भएको हो । उहाँले विशेष गरी मधेसी समुदायका महिलाहरुमा आर्थिक परनिर्भरता बढी रहेकोले आर्थिक परनिर्भरता हटाउनका लागि पनि महिलाहरुलाई क्षमता अनुसारको प्राविधिक ज्ञान र सीप जरुरी रहेको बताउनुभयो ।

 

उहाँले महानगरपालिकाले दलित, उत्पीडित, पिछडिएका समुदायका महिलाहरुको लागि विभिन्न कार्यक्रमहरु मार्फत आर्थिक सवलीकरणमा ध्यान दिएको बताउदै तालिममा सहभागीहरुले सिकका सीप र ज्ञान व्यावहारमा लागू गरि आय आर्जनमा लाग्न अनुरोध पनि गर्नुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.