logo

हराएका वीरगन्जका दुई बालकको अवस्था अझै अज्ञात 

      1/10/2021 गते 00 00 मा प्रकाशित     717   पटक पढिएको

वीरगन्जमा हिजो बिहानैदेखि हराएका दुईजना बालक अझै भेटिएका छैनन् । टियुसन पढ्न गएका दुईजना बालक हिजो बिहान ११ बजेदेखि हराईरहेका हुन् । वीरगन्जका व्यवसायी जगरनाथ प्रसाद कलवारका छोरा ‘तेजस’ भनिने शिवेस गुप्ता र वीर्ताका दिपेश शर्माका छोरा प्रनिश शर्मा हिजो बिहान ११ बजेदेखि हराईरहेको शिवेसका बुवा जगरनाथ प्रसाद कलवारले जानकारी दिनुभयो ।

हिजो बिहानदेखि हराईरहेका उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । बालकहरु हराएपछि खोजी गरिदिन अभिभावकले सामाजिक सञ्जाल मार्फत समेत अनुरोध गर्नुभएको छ । हराएका बालकहरु फेला परेमा ९८५५०२१५५५, ९८५५०२२८७६, ९८०२०२४५०९ र ९८०२९२४५१० मा सम्पर्क गरिदिन अथवा नजिकैको प्रहरी कार्यालयमा समेत जानकारी गराउन अनुरोध अभिभावकले अनुरोध गरेका छन् ।

उनीहरुको खोजीका लागि अभिभावकले जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी दिएका छन् । प्रहरीका अनुसार शिवेस ट्युसन पढ्न निस्किएको र प्रनिश भने साईकल लिएर घरबाट निस्किएको हो । उनीहरुको हिजैदेखि खोजतलास जारी रहेको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिनुभयो । मातहतका सबै प्रहरी युनिटहरुमा समेत खोजीका लागि  िनर्देशन गरिसकिएको उहाँले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.