logo

महानगरले लोककल्याणकारी बिज्ञापन मार्फत संचार माध्यमलाई  प्रर्वद्धन गर्ने नीति लिएको छः प्रमुख सरावगी

      1/29/2021 गते 00 00 मा प्रकाशित     622   पटक पढिएको

बीरगंजबाट प्रकाशन प्रारमभ भएको कालिका टाइम्स दैनीकको आज उक समारोहवीच बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बिमोचन गर्नु भएको छ । 


कालिका टाईम्स प्रा‍.लि.वीरगंजद्वारा संचालित कालिका टाईम्स डटकम न्युज पोर्टलको दोस्रो बार्षिकोत्सवको अवसरमा कालिका टाईम्स दैनिक पत्रिकाको बिमोचन गरिएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख सरावगीले पत्रकारिता चुनौती पूर्ण क्षेत्र रहेको बताउँदै अगामी दिनमा कालिका टाईम्स दैनिक पत्रिकाले सत्य तथ्य समाचारहरुलाई उजागर गर्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रमुख सरावगीले कार्यविधि बनाएर बीरगंज महानगरले लोककल्याणकारी विज्ञापन बितरणको अवधारणा अगाडि सारेको बताउनु भयो । उहाँले लmोककल्याणकारी बिज्ञापनकालागि केही मापदण्डहरु तयार भएको र त्यो पुरा गर्ने संचार माध्यमलाई त्यो सुविधा प्राप्त  हुने बताउनु भयो । 
उहाँले संचारकर्मले जहिले पनि तथ्यका आधारमा निर्भिकतापूर्वक सत्यको पक्षपोषण गर्नु पर्नेमा जोड दिनु भयो । 

बीरगन्ज दरबार होटलमा आयोजित कालिका टाईम्स टडकम अनलाईनको दोस्रो बार्षिकोत्सव एवम् पत्रिका बिमोचन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अन्सारी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी.लामिछाने नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जनता समाजवादी पर्साका सचिव तबरेज अहमद, नेपाल पत्रकार महासंघ  पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे मगर, प्रेस युनियनको तर्फबाट क्रान्ति साह, संघिय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कालिका टाइम्सका सम्पादक शम्भु कुमार सुमनले सहजिकरण गरेको कार्यक्रममा कालिका टाईम्स डटकमका सम्पादक वृजलाल पासवानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.