logo

ठोरीको आठघरेमा कृषि उपज संकलन केन्द्र निर्माण हुदै ,किसानको उत्पादनले सहजै बजार पाउने

      2/3/2021 गते 00 00 मा प्रकाशित     614   पटक पढिएको

ठोरी गाउँपालिकाको आठघरेमा कृषि उपजको बजारीकरणकालागि संकलन केन्द्र निर्माण हुने भएको छ । संकलन केन्द्रले किसानले उत्पादन गरेको कृषि उपजको संकलन गरेर बजार सम्मको पहुच स्थापित गर्ने उद्धेश्य लिएको छ । 

 ग्रामीण क्षेत्रका किसानले उब्जाएका अन्नपात र तरकारी एकैस्थानमा संकलन र बिक्रीवितरण गर्ने उद्धेश्यले ठोरी गाउँपििलकाले कृषि संकलन केन्द्रको स्थापना गर्न लागेको हो।


संकलन केन्द्रमा ३६ वटा पक्की कोठा बनाइने छ । सो भवनको बुधवार शिलान्यास गरिएको हो । 


गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले ग्रामीण क्षेत्रका कृषकलाई व्यवसायिक खेतीमा अग्रसर बनाउन कृषि संकलन केन्द्रले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

 

बौद्ध धर्म संस्कृति अनुसार  भवनको शिलान्यास गरेका अध्यक्षले ठोरी क्षेत्रका किसानले आफुले गरेको कृषि उत्पादन बिक्री वितरण गर्न सहज हुने धारणा व्यक्त गर्नु भयो । सो अवसरमा उहाँले ठोरीलाई व्यवसायिक कृषिमा अगाडि बढाउन गापाले ल्याएका कार्यक्रमहरुको चर्चा गर्नु भयो । 


 कार्यक्रममा ठोरी  ४ का वडाध्यक्ष बई बहादुर पाख्रीन , नेकपा नेता हरि बहादुर सुनार , युवा नेता निमा लामा , सागर लामा , तारा पाख्रीन लगायत स्थानीयको समेत उपस्थिति थियो।


  आर्थिक वर्ष २०७७ र ७८ मा निर्माण सम्पन्न गर्ने गरी उपभोक्ता समिति मार्फत भवन निर्माण गर्न लागिएको गापाले जनाएको छ। कुल ६५ लाखको लागतमा निर्माण हुने कृषि संकलन केन्द्रमा सुविधासम्पन्न पक्की शौचालय समेत निर्माण हुनेछ।

 

यस अघि गत आर्थिक वर्षमा सोही ठाउँमा गापाले सुविधासम्पन्न २२ कोठे पक्की तरकारी बजार समेत स्थापना गरेको थियो। हरेक साताको मङ्गलबार हाट बजार लाग्ने उक्त स्थानमा गापाले एकैस्थानमा कृषिजन्य व्यवसाय सन्चालन र संकलन गर्न कृषि केन्द्र स्थापना गर्न लागेको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.