logo

हिन्दु धर्मसंस्कृतिको रक्षाको निम्ती एकजुट सह संघचालक  तिम्लसिनाको अपिल

      2/6/2021 गते 00 00 मा प्रकाशित     634   पटक पढिएको

हिन्दु स्वयंसेवक संघ नेपालको स्वयंसेवक सम्मेलन वीरगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन संघका राष्ट्रिय सह संंघचालक एवं पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक कल्याण कुमार तिम्लसिनाले गर्नु भएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सह सघंचालक तिम्लसिनाले हिन्दुत्व र देशको लागि काम गर्नुपर्नेमा जोड दिनु भयो  । उहाँले भन्नु भयो , ‘जुन व्यक्तिमा देश र राष्ट्रभक्तीको भावना छैन त्यो  व्यक्तिको जन्म बेकार छ, त्यसैले आफूभित्र देशभक्तीको भावना हुनुपर्छ अनि मात्र सच्चा स्वयंसेवक बन्न सकिन्छ ।’

        पुर्खाहरुको उखान प्रस्तुत गर्दै उहाँले धर्म, संस्कृति हराए काशी जानु, न्याय हराए गोर्खा जानु, भन्दै धर्म संस्कार हराए हिन्दु स्वयंसेवक संघमा लाग्नु पर्छ किनभने संघले नै धर्म संस्कृति तथा संस्कार सिकाउँने काम गरेको बताउनु भयो ।

        सम्मेलनमा सहभागि हुने स्वयंसेवक प्रति नमन गर्दै उहाँले भन्नु भयो , ‘हिम्मत, आट, जोसजागर र विश्वास भएको कर्मठ योद्धाले मात्र संघमा आबद्ध हुन्छ र संघको विचारलाई विश्वरी नै फैलाउँने काम गरेको छ । संघ नेपालमा मात्र नभई विश्वको ५२ वटा देशमा फैलिएको छ । हिन्दुत्वको महत्वलाई पनि फैलाउँने काम गर्न सकिने उहाँले बताउनु भयो ।       मुलुकमा जनगणाको नाममा विभिन्न जातजातिलाई विभाजन गर्न खोजिएको छ, उहााले भन्नुभयो ,‘ हिन्दु भयो भने किरात, बौद्ध, जैन हुन पाईन्छ तर मुस्लिम भयो भने, मुस्लिम मात्र बन्न पाईन्छ किनभने, मुस्मिल धर्मले धर्ममात्र परिर्वतन हुदैन, नाम, जातपात सम्पूर्ण परिवर्तन हुन्छ । त्यसैले हिन्दुधर्म मात्र एउटा यस्तो धर्म हो जसले कसैको धर्ममाथि प्रहार गर्दैन ।’

मुलुकमा अहिले जबरजस्ती कृश्चिन तथा मुस्लिम धर्म परिर्वतन गर्ने काम भईरहेको छ । उहाँले भन्नु भयो , ‘अहिले हामीले आफनो धर्म संस्कृतिको जर्गेना गर्न सकेनौ वा हिन्दु धर्मका अनुवायीले आफनो धर्म संस्कृति अनुसारको व्यवहार र कार्य गरेन भने नेपालमा पनि धर्म संस्कृति मासिने छ ।’

उद्घाटन समारोह पश्चात हिन्दु स्वयंसेवक संघका स्वयंसेवकहरु गणवेशमा बाजागाजा सहित वीरगन्ज नगरक्षेत्रमा पथ संचालन (मार्चपास) निकालिएको थियो । ठाकुरराम बहुमुखी क्याम्पस शिक्षा विभागको मैदानबाट निकालिएको पथ संचालन घडिअर्वा, माईस्थान, घण्टाघर, आर्दशनगर, अलखियामठ, गणेशमान, विर्ता, मकालु होटल, कैलाश चोक हुदै पुन ठाकुररामको शिक्षा विभागको मैदानमा पुगि समापन भएको थियो ।

पथ संचालन हुने क्रममा महानगरवासीले गणवेशमा रहेका स्वयंसेवकहरुमाथि चोक चोकमा पुष्पबर्षा गरेर भव्य रुपमा स्वागत तथा सम्मान समेत गरेका थिए ।

संघका पर्सा जिल्लाका संघचालक ललन दुवेद्धीको अध्यक्षतामा भएको स्वयंसेवक सम्मेलनमा संघका राष्ट्रिय प्रचारक बेद प्रकाश, पशुपति शिक्षा मन्दिरका अध्यक्ष एवं उद्योगपति अशोक बैंध, संघका जनकपुर सम्भाग सहचालक अशोक शर्मा, जनजाती कल्याण आश्रमका महासचिव प्रेम थुलुङ्ग, विश्व हिन्दु परिषदका महासचिव जितेन्द्र सिंह, संगठन सचिव प्रहलाद रेग्मी, संघ प्रचारक रन्जीत साह लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.