logo

सामाजिक संजालको प्रयोगबाट रकम ठगी गर्ने नेपाली र भारतीय दुई युवा पक्राउ

      2/26/2021 गते 00 00 मा प्रकाशित     614   पटक पढिएको

 सामाजिक सञ्जालको प्रयोग गर्दै ठगी गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहारको  पूर्वी चम्मपारण जिल्ला  थाना रक्सौल वडा नं. २ बस्ने राकेश कुमार र पर्सा जिल्ला बीरगन्ज वडा नं. २० बस्ने रामपुकार प्रसाद यादवलाई पक्राउ गरेको हो । 


उनीहरु बिरुद्ध सुनिल सेन्चुरीले महानगरीय प्रहरी अपराध महाशाखा टेंकू, काठमाण्डौमा  उजुरी गर्नु भएको थियो । सोही उजुरीका आधारमा  पर्सा प्रहरी कार्यालयबाट अनुसन्धान गर्दा  ठगी कार्यमा सलंग्न रहेको उनीहरु पक्राउ परेका हुन । 

 

उनीहरुलाई  आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी अपराध महाशाखा टेकू काठमाण्डौमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले बताउु भयो  ।

विभिन्न मिति र समयमा आई एम ओ तथा वास्टएप मार्फत चिठ्ठच परेको भन्दै  प्रलोभन देखाइ ठगी गर्ने गरेको कुंवरले बताउनु भयो । 

 

श्रीनिवास साह तेलीको सिभिल बैंक लिमिटेडको खाता नं.०६८१०३३०९५५०१९ बाट रु.४९ हजार पाच सय ,रामपुकार प्रसाद यादवको ज्योति विकास बैंकको खाता नं. ०१२०१२०००८३१०५०००००१ बाट रु. १९ हजार पाच सय, राम पुकार प्रसाद यादवको प्राईम कमर्सियल बैंकको खाता नं. ०२९००२६९ पी.ई.बाट ५० हजार रुपैया र पुजा रिमालको ई सेवा आईडी बाट ३५ हजार सुरेश कुमार कापरको ई सेवा आईडी बाट ३० हजार गरी जम्मा १ लाख ८४ हजार रुपैया  ठगी गरेको देखिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.