logo

महिला हिंसा नियन्त्रणकालागि अभियान संचालन हुने , संचार माध्यमलाई अभियानमा सरिक हुन संजालको अपिल

      3/21/2021 गते 00 00 मा प्रकाशित     466   पटक पढिएको

लैङ्गिक तथा महिला हिंसा बिरुद्ध पर्साका सबै स्थानीय तहमा सचेतनामुलक कार्यक्रम संचालन गरिने भएको छ ।

लैङ्गिक हिंसा नियन्त्रण संजाल पर्साको आज बसेको बैठकले सचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

 

पर्साका सबै स्थान्ीय तहमा जनप्रतिनिधि तथा समाजिक अगुवाहरुको सहभागितामा यो कार्यक्रम गरिने संजालका सयोजक पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताउनु भयो । 


हिंसामा परेका महिलाहरुको उद्धार, सहायता र उपचारकालागि संजालले निर्माण गरेको कोषबाट आवश्यकता र औचित्यको आधारमा पाँच हजार रुपैया सम्म खर्च गर्न सकिने गरि महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई अख्तियारी दिएको छ । यसरी खर्च गरिएको रकमका सन्दर्भमा केन्द्रले अभिलेख भने दुरुस्त राख्ने छ ।

त्यसैगरि उद्धार गरिएका वालवालिकालाई खाना खाजा तथा लत्ता कपडाकोलागि २ हजार रुपैया सम्म खर्च गर्न पाउने अख्तियारी संजालले दिएको छ । 


संजालको बैठकले महिला हिंसा बढ्दो क्रममा रहेको निष्कर्ष निकाल्दै आम संचार जगतलाई महिला हिंसा न्यूनीकरणको वतावरण बनाउनकालागि सहकार्यको अपिल गरेको छ ।

 

 रेडियो लगायतका आम संचारका माध्यमले नागरिकलाइृ महिला हिंसा बिरुद्धको सचेतना प्रवाह गर्दा प्रभावकारी हुने भएको पर्साका सबै संचार माध्यमलाई यो अभियानमा सरिक हुन संजालको तर्फबाट आग्रह गर्ने निर्णय भएको संजालका सदस्य संचारकर्मी सुरेश बिडारीले जानकारी दिनु भयो । 


संजाल महिला हिंसा नियन्त्रण र समस्यमा परेका महिलाहरुको उद्धार र उपचारमा सहयोग उपलब्ध गराउने गरि कोष निर्माण गरेको छ ।

 

कोषमा २५ लाख पचास हजार रुपैया संकलन भएको छ । स्थानीय तहहरुको सहयोगमा संकलीत यो रकममा २३ लाख रुपैया मुद्धती खातामा राखी त्यसबाट आउने ब्याजको रकमबाट उपचार उद्धार र सहायता उपलब्ध गराउने नीति लिइएको पर्सा प्रहरी प्रमुख पाण्डेले बताउनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.