logo

कोरोना संकट व्यवस्थापनको रकम नपाएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रमा मेयर सरावगीको असन्तुष्टी

      3/23/2021 गते 00 00 मा प्रकाशित     449   पटक पढिएको

स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीलाई क्वारेन्टिनमा राख्दा भएको खर्च ७२ लाख रुपैयाँ भूक्तानी गर्न नारायणी अस्पतालले चासो नदेखाएपछि डिसीएमसीको बैठकमा यो बिषयले प्रवेश पाएको छ । 

 


मंगलवार बीरगंजमा भएको बैठकमा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले नारायणी अस्पतालमा पैसा आइसक्दा समेत भूक्तानी नभएको भन्दै असन्तोष ब्यक्त गर्नु भयो ।

 

 कोरान संक्रमणको अवधी बीरगंज महानगरपालिकाको समन्वयमा होटेल कन्ट्री इन र टाउन हलमा चिकित्सक स्वास्थ्यकर्मीलाई क्वारेन्टिन गरिएको थियो । त्यो अवधीको खर्च ७२ लाख रुपैया बीरगंज महानगरपालिकाले भूक्तानी गरेको छ । 

 

महालेखा परीक्षकले त्यो रकम बेरुजु देखाएको भन्दै उहाँले अस्पतालमा रकम आइसकेपनि मेडिकल सुपरीटेण्डेण्टले नदिएकोमा असन्तुष्टि जनाउनुभएको हो ।

 

मेयर सरावगीले तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायसँगको समन्वयमा गतबर्षको चैत अन्तिम सातादेखि साउन १८ गतेसम्म स्वास्थ्यकर्मीलाई होटल क्वारेन्टिनमा राख्दा लागेको खर्च महानगरपालिकाले तिरेको बताउनु भयो ।

 

 मेयर सरावगीले बैठकमा अहिले सम्बन्धित निकायसँग समन्वय गरेर रकम दिलाउन मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले पहल नगरेको भनेपछि बैठकमा चर्काचर्की नै भएको थियो ।  

 

डा. ठाकुरले माथिल्लो निकायले बीरगंज महानगरलाई भुक्तानी दिन कुनै निर्देशन नदिएकोले आफूले भूक्तानी दिन नसक्ने अडान लिनु भएको थियो ।

 

उहाँले  महानगरले रकम माग गरेको पत्रसमेत आफूले नपाएको भन्दै पत्र पाएमा माथिल्लो निकायमा पहल गर्ने बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.