logo

समाजले ,पढनु पर्ने कुरामा छोरीलाई उत्प्रेरीत गर्न सकेनः मंत्री यादव 

      3/25/2021 गते 00 00 मा प्रकाशित     496   पटक पढिएको

प्रदेश २ का अर्थ राज्यमंत्री उषा यादवले छात्राहरुले बिद्यालय छाडने प्रवृतिलाई रोक्न अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

शिक्षा पत्रकार सामाज र आसमान नेपालको संयुक्त आयोजनमा बीरगंजमा सम्पन्न बहिनी शिक्षाकोलागि दिदी कार्यक्रमको समिक्षा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

 

उहाँले समाज र सरकार पनि बालिका शिक्षाकालागि अवरोधकको रुपमा रहेको बताउनु भयो । सरकारले बालिकाको सुरक्षा प्रत्याभूती गर्न सकेन उहाँले भन्नु भयो “समाजले पढनु पर्ने कुरामा छोरीलाई उत्प्रेरीत गर्न सकेन ” । मंत्री यादवले आजको दिनमा छोरीहरुले राम्रो पढेको र उनीहरुमा प्रतिस्पर्धात्मक क्षमता पनि पर्याप्त रहेको बताउनु भयो ।

 

उहाँले छोरीको प्रतिभालाई फूल्न दिन उचित वतावरण बनाउन अभिभावकलाई अपिल समेत गर्नु भयो । उहाँले परिर्वतन क्रमिक रुपमा भएको चर्चा गर्दै आज कतिपय बिदालयमा छात्राको संख्या छात्र अनुपातमा धेरै रहेको पाउन थालिएको बताउनु भयो । समाजमा छोरीका बिरुद्ध हुने हिंसाका घटनालाई समाज र प्रतिष्ठाको नाममा मिलाउने पुरानो चलन फेर्नु पर्ने र अपराधीलाई कानूनको दायरमा लैजाने कुरामा समाजिक अगुवाहरुले पहल लिनु पर्ने बेला आएको बताउनु भयो ।


कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावागीले दिदी बहिनी शिक्षाले वालिकामा सवलीकरण बढेको र त्यसको लाभ समाजले लिएको बताउनु भयो । उहाँले छोरी शिक्षित र सशस्क्त हुदै जादा समाजमा अपराध पनि कम भएको उहाँले बताउनु भयो । छोरीमा प्रतिरक्षाको भावनमा बढेको र त्यो शिक्षाले सम्भव भएको उहाँले बताउनु भयो । 


शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा आसमान नेपालका मुनीलाल बैठाले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा राम बहादुर चौधरी , नेपाल पत्रकार महासंघ पर्सार्का अध्यक्ष श्याम बन्जारा लगायतले मन्तब्य ब्यक्त गर्नु  भएको थियो कार्यक्रमको संचालन समाजका प्रदेश अध्यक्ष सुरेश यादवले गर्नु भएको थियो । 

कार्यक्रममा  बहिनी शिक्षा कार्यक्रमका दिदी र बहिनीले आफूले पाएको ज्ञान र सिपको बारेमा चर्चा गरेका थिए । उनीहरुले कार्यक्रमले आफूहरुमा आत्मबिश्वास पैदा गरेको समाजमा छोरीलाई पढाउनु पर्छ भन्ने मान्यतालाई जोड दिएको भन्दै कार्यक्रमको निरन्तरताकालागि अनुरोध गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.