logo

कोभिड एक्शन टिमद्वारा अक्सिजन उधोगको अनुगमन 

      5/21/2021 गते 00 00 मा प्रकाशित     432   पटक पढिएको

कोभिड एक्सन टिम (क्याट) पर्साले वीरगन्ज महानगरपालिका २१ परवानीपुरमा रहेको मधु अक्सिजन उद्योगको आज अनुगमन गरेको छ । 

 


पर्साका अस्पतालमा कोरोना बिरामीको प्राणवायू अक्सिजनको संकट झन झन गहिरिँदै गएपछि (क्याट) ले अक्सिजन उद्योगको अनुगमन गरेको हो ।  

 


मधु अक्सिजन उद्योगले कोरोना महामारी बिरामीको जीवन रक्षाका लागि यसको सहज व्यवस्थापन र आपूर्ति गर्नकालागि उद्योगले समानुपातिक प्रणाली अनुसार वितरण गर्दै आएको फेला परेको क्याटले जनाएको छ ।

 

पर्साका नीजि तथा सरकारी अस्पताललाई दैनिक रुपमा करिब ६ सयको हाराहारीमा अक्सिजन सिलिण्डर वितरण गर्दै आएको मधु अक्सिजन उद्योगका संचालन रिक्कु रौनीयारले जानकारी दिनुभयो ।

 

उहाँले अगामी दिनमा अक्सिजन अभाव हुन नदिनकालागि  उद्योगले उत्पादन गर्दै आएको अक्सिजन सक्दो सहयोग गर्नकालागि  प्रतिवद्धता जनाउनुभयो । जिल्लाको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुन नदिनकालागि आफुहरुले पहिलो प्राथमिकता बनाएको उहाँले बताउनुभयो । 

 


अनुगमनमा कोभिड एक्सन टिम (क्याट) पर्साका संयोजक एवं जिल्ला समन्वय समितिका सभापति नेकमहम्द अंसारी ,टिम पर्साका सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल ,जनता समाजवादी पार्टीका जिल्लाका सचिव तवरेज अहमद ,नेकपा एमालेका प्रतिनिधि एवं नेपाल पत्रकार महासंघका कोषाध्यक्ष संजीव मिश्र ,पत्रकार अमित अग्रवाल , क्याट पर्साका भोलेन्टीयर अफरोज अंसारी , समिन अख्तर लागायतकाको सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.