logo

राष्ट्रिय युवा संघ नेपाल पर्साद्वारा वीरगञ्जका ३ सय २६ परिवारलाई राहत सामाग्री वितरण

      5/24/2021 गते 00 00 मा प्रकाशित     499   पटक पढिएको

राष्ट्रिय युवा संघ नेपाल पर्साले वीरगञ्जका ३ सय २६ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि राष्ट्रिय युवा संघ नेपाल पसाले आज दोश्रो दिन पनि देखि राहत समाग्री बितरण गरेको छ ।

 

 निषेधाज्ञामा दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारका सदस्य कोइ पनि भौकै नसुतोस भन्ने उदेश्यले जिल्लाभरी राहत बितरण कार्यक्रम शुरु गरएिको संघका पर्सा अध्यक्ष महम्मद निजामले बताउँनु भयो ।

 

उहाले दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारको लागि हेल्प डेस्क संनचाल गरेको बताउनुभयो । हेल्प डेस्कमा सम्र्पक गरेको व्यत्तिलाई युवा संघको टोलिले घरमै राहत पु¥याउने गरेको अध्यक्ष निजामले बताउँनु भयो ।

 

संघले सुरु गरेको राहत वितरण कार्यक्रममा सहयोगी दाताहरुको हात जुट्न थालेको बताउनुभयो । हिजो देखि सुरु भएको हेल्प डेस्कमा सन्तोष साह (नेबिल बैंक)  , मनिष सिंह (एनआई क्यामपस ) , छिपहरमाइ गा.पा प्रमुख मनोज गुप्ता ,साबिन बस्नेत , निसान्त लामीछाने ,डा. अनुज यादव , डा. कैशल ,आलोक चौरसीया ,सन्तेस पटेल ,रोशन श्रेष्ट ,रोशन गुप्ता ,मुकेश सिंह , गोविन्द ,वाड अध्यक्ष राजकिशोर गुप्ता ,अजित मिश्रा लगाएतका दाताहरुले सहयोग गरेका अध्यक्ष निजामले बताउँनु भयो ।

 

हेल्प डेस्कबाट वीरगन्जका विभिन्न ठाउमा ३ सय २६ जनालाइ राहत दिएको हेल्प डेस्कका सयोजक रवि गुप्ताले जानकारी दिनु भयो । गुप्ताले प्रति परिवारलाई १० के.जी, चामल  २ के.जी आलु, २ के.जी, प्याज १ के.जी दाल, नुन १ प्यकेट, तेल १ प्यकेट सहित राहत बितरण गरिएको जानकारी दिनुभयो ।

 

राहत बितरण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय  सदस्य  रवि गुप्ता , चन्दन गुप्ता , नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साह , संघका सदस्यहरु राकेश साह, हेमन्त तामाङ ,प्रकाश रौनियार, दाउद हवारी, दिलिप रौनियार ,कुनान पटेल ,मुकेश साह र बिकाश साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.