logo

नारायणीमा गुटबाजी हावी,सिनियर डाक्टर हुदा हुदै जुनियरलाई जिम्मेवारी

      5/25/2021 गते 00 00 मा प्रकाशित     2235   पटक पढिएको

कोरोना संक्रमतिको उपचार र व्यवस्थापनमा सक्रिय रुपले खटेका डा.सरोज रोशन दासको जिम्मेवारी खोसिएको छ । कोभिड संयोजकको सहायकको रुपमा काम गर्न नमानेपछि उनी अहिले कोरोना फोकल पर्सन बनेका छन् ।

 

यसअघि उनी कोभिड कोअर्डिनेरकै रुपमा सूचनाहरु दिइरहेका थिए । उनको जिम्मेवारी डा.उदय नारायण सिंहले पाएका छन् । यसैगरि कोभिड संयोजक डा.एनामुल हकलाई पनि जिम्मेवारीमुक्त गरिएको छ ।

 

डा.सिंहलाई नै अस्पताल प्रशासनले कोभिड संयोजक समेत नियुक्त गरेको छ । डा.उदय नारायण सिंह ८ औ“ तहका हुन् भने डा. दास ९ औ र डा.हक १० औ तहका चिकित्सक हुन् ।  


    राम्रै काम गरिरहेका एउटा सिनियर डाक्टरलाई एक्काशी हटाएर एउटा जुनियर डाक्टरलाई जिम्मेवारी दिएपछि नारायणी अस्पतालमा काम गर्ने वातावरण न रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । गत हप्ता डा.बिरेन्द्र प्रधान अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त भएका थिए ।

 

१० औ तहका प्रधान निमिक्त भएको ४ दिनभित्रै आफू निकट रहेका डा.सिंहलाई संयोजक नियुक्त गरेका हुन् । मंगलबार काठमाडौ गएका डा.प्रधानले ८ औ तहका डा.सिंहलाई निमिक्त मेसुको जिम्मेवारी समेत सुम्पेका छन् ।

 

‘डा.दासले गर्दै अँएको काम प्रति आजसम्म कसैले गुनासो गरेका छैनन्,’ एक स्वास्थ्यकर्मी भन्छन्, ‘दिनरात नभनि जिम्मेवारी पुरा गरेकै थिए, अस्पतालमा त्यति धेरै सिनियर डाक्टर छन्, तर, गुटबाजीका कारण एउट जुनियरलाई संयोजक र निमिक्तको जिम्मेवारी दिइएको छ ।’ 


    नारायणी अस्पतालमा ९ औ, १० औ र ११ औ तह सम्मका चिकित्सकहरु कार्यरत छन् । ती सबै सिनियर चिकित्सकलाई परिचालन गर्न ८ औ“ तहको जुनियर चिकित्सकलाई नियुक्त गरेपछि अस्पतालमा गुटबाजी हावी रहेको पुष्टि भएको छ ।

 

‘अहिले महामारीको समयमा उच्च मनोबलका साथ काम गर्ने बेला छ,’ अस्पताल विकास समितिका एक पदाधिकारी भन्छन्, ‘तर, अहिले जसरी सिनियरहरुलाई पाखा लगाएर जुनियरलाई जिम्मेवारी दिइएको छ, त्यसले डाक्टरहरुको काम गर्ने क्ष्ँमतामा ह्रास पु¥याउ“छ ।’ अस्पताल स्रोतका अनुसार डा.सिंह पटक–पटक झै झगडामा संलग्न हुदै आएका छन् ।

 

गत पुस महिनामा अस्पतालको चिकित्सक बैठक कोठामा एकजना युरोलोजिस्टको नियुक्तको विषयमा डा.सिंहले डा.एनामुल हकसंग हात हालाहाल गरेका थिए । ‘आफ्नो डाक्टर साथीको भाईको नियुक्तीको विषयमा डा.सिंहले निहु खोजेपछि हाता हाला भएको थियो,’ नाम उल्लेख नगर्ने शर्तमा एक चिकित्सक भन्छन्, ‘हामीले हस्तक्ष्ँप गरेर स्थितीलाई सामान्य पारेका थियौ“ ।’ त्यसअघि टाउन हलमा पनि डा.सिंहकै संलग्नतामा डाक्टरहरुको समूहबीच कुटाकुट भएको थियो । त्यसबेला वडा प्रहरी कार्यालय विर्ताको टोली पुगेर स्थितीलाई सामान्य बनाएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.