logo

अस्पतालले भर्ना नलिदा बीरगंजमा एम्बुलेन्समै एक युवतीको मृत्यु

      5/25/2021 गते 00 00 मा प्रकाशित     497   पटक पढिएको

उपचार अभावमा रौतहटको गुजरा नगरपालिका कनकपुर वडा नम्बर ४ बस्ने १७ बर्षिया समिना कुमारी वि.कको सोमवार  राती मृत्यु भएको छ । 
मृगौलाको समस्याबाट पीडित बि.क.लाई डायलासिस गाराउनु पर्ने थियो तर बीरगंजमा अस्पताललहरुले भर्ना नलिएपछि उनको एम्बुलेन्समै मृत्यु भएको हो । नारायणी अस्पतालमा मृगौला रोगीकालागि ७ वटा डायलासिस मेशीन रहेको छ । त्यस मध्य कोभिड बिरामीकालागि दुई वटा र अन्यकालागि ५ वटा मेशिन छुट्टयाइएको छ ।

 

तर कोभिडका लागि छुट्टयाएको मेशीन बिग्रिएको मेडिकल सुपरिटेण्डेण्ट डा.बीरेन्द्र प्रधानले बताउनु भयो । अस्पतालले डायलासिस गर्नु पर्ने बि.क.को भर्ना नलिएकै कारण उनको ज्यान गएको बुबा चित्र बहादुर बिश्वकर्माले आरोप लगाउनु भयो ।

 

बीरगंजका ४ वटा अस्पताल चाहर्दै राती ९ नौ बजे नेशनल मेडिकल कलेजमा पुर्यार भर्ना गर्न खोज्दा उनको मृत्यु भइसकेको चिकत्सकले घोषणा गरेका थिए । 

मृगौलाको समस्याबाट पीडित किशोरीलाई शुरुमा गण्डक स्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गर्न लगिएको थियो । त्यहाँ आधा घण्टा राखेर भर्ना नलिएपछि उहाँलाई वीरगन्जको बसपार्क नजिकैको भवानी हस्पिटलमा लगियो ।

 

भवानीले पनि भर्ना नलिएपछि  नारायणी अस्पतालमा लगिए थियो । नारायणी सरकारी अस्पताल हो त्याहा पनि  भर्ना लिन नमानेपछि किशोरीलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो ।

मेडिकल कलेजमा पुर्‍याएपनि त्यहाँका चिकित्सकले बाटोमा एम्बुलेन्स मै मृत्यु भईसकेको बताएको कोभिड एक्सन टिम क्याटका सदस्य एवं पत्रकार अमित अग्रवालले बताउनुभयो ।

 

 नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन डा. बीरेन्द्र प्रधानले भने  नारायणी अस्पतालबाट ती किशोरीलाई फिर्ता नगरिएको बरु अस्पतालमा भर्ना लिएर उपचार गर्ने तयारी हुदैगर्दा एम्बुलेन्सबाट नै उनलाई ननिकाली अन्य अस्पतालमा लगिएकोको बताउनु भयो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.