logo

प्रभु हस्पिटलको सेवामा विरामीहरू सन्तुष्ट, हामीले पैसा फिर्ता गरेका छैनौः डा.गुप्ता

      5/26/2021 गते 00 00 मा प्रकाशित     2491   पटक पढिएको

प्रभु हस्पिटलले महामारीमा विरामीहरूको उच्चस्तरीय सेवा दिएर विरामीहरूलाई सन्तुष्टि पारेको जनाएको छ । 


यता उपचार गराएका बिरामीले शुल्क धेरै लियो भनेर कुनै गुनासो नगरेको प्रभू अस्पतालको ब्यवस्थापनले जनाएको छ  ।

अस्पतालले उपचार वा अन्य सेवा शुल्क बढी लिएको भनेर कुनै विरामीले हामीलाई कहिल्यै गुनासो नगरेको अस्पतालका निर्देशक डा. मनोज गुप्ताले बताउनु भएको छ ।

 

कोभिड महामारीको बेलामा चिकित्सक स्वास्थ्यकर्मी र सफाईकर्मीको ज्यान जोखिममा राखेर उपचार सेवा दिदै आएका उहाँले बताउनु भयो । धेरै जना निको भएर घर फर्किनु भएको छ उहाँहरुले धन्यवाद दिनु भएको छ, अवस्था हेरेर छुट समेत गरेको उहाँले स्मरण गराउनुभयो । 


उहाँले नीजि अस्पतालको सेवा यो बेला सरकारीको तुलनामा महगो रहेको कुरा तथ्यपूर्ण रहेको बताउनु हुँदै नियमनकारी निकायलाई निजी अस्पतालले लिने शुल्कको बारेमा अनुगमन गरेर त्यसलाई नियमित बनाउन समेत आग्रह  गर्नुभयो । 

 


उहाँले बिभिन्न संचार माध्यममा आएका बिल सहितका शुल्क सम्बन्धी समाचारमा टिप्पणी गर्दै समाचारले नागरिकलाई सचेत गराएकोमा त्यसलाई सकारात्मक रुपमा लिने बताउनु भयो ।

 

उहाँले समाचारले सचेतना जगाउदा सम्म त ठिकै हुन्छ  तर त्यो भन्दा बढी नियतबस अस्पताल र चिकित्सकको बदनाम गर्ने  उद्धेश्य प्रेरित भयो भने त्यसको बिश्वसनीयता माथि प्रश्न उठने बताउनु भयो । 


उहाँले अस्पतालले  कुनै पनि प्यासेन्ट पार्टीलाई पैसा फिर्ता नगरेको र त्यस्तो केहि कुरा समेत नभएको प्रष्ट पार्नु भयो । प्यासेन्ट पार्टीले खुशी भएर पैसा तिरेर गएका छन ।

 

बिरामी ठिक भएकोमा धन्यवाद दिएका छन उहाँले भन्नुभयो  बिरामीलाई कसरी ठिक पार्ने भन्नेमै हाम्रो बुद्धी बर्कत अनुभव सीप लागेको हुन्छ हाम्रो यो परिश्रम त उहाँहरुले पनि देख्नु भएको छ नी  । 


उहाँले बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले अस्पताललाई पैसा फिर्ता गर्नुभनेर कुनै निर्देशन नदिएको समेत प्रष्ट पार्नु भयो । महानगर प्रमुखले अन्य हस्पिटलले फिर्ता गरेकालाई प्रभु हस्पिटलको नाम राखेर बदनाम गराउन खोजिएको बताउनुभयो । 


यता प्रभू अस्पतालको बिषयमा आजै सम्पन्न डिसीसीएमसीको बैठकमा बिलिङ्ग खुलाएर लेखाउन लगाउने मात्रै कुरा भएको पर्साका निम्ति प्रमुख जिल्ला अधिकारी भिमदत पौडेलले बताउनु भयो । बीरगंज महानगरका प्रमुख बिजय सरावगीले पनि प्रभू अस्पतालको बिषयमा कुनै टिप्पणी नगरेको प्रष्ट पार्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.