logo

पर्सा प्रहरीद्वारा स्रोत नखुलेको ५३ लाख ८० हजार नेपाली रूपैया सहित दुई जना पक्राउ 

      5/27/2021 गते 00 00 मा प्रकाशित     527   पटक पढिएको

 प्रहरीले स्रोत नखुलेको ५३ लाख ८० हजार नेपाली रूपैया सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर ११ बस्ने वर्ष १९ का प्रकाश जैसवाल र बारा प्रसौनी गाउपालिका वडा नम्बर ६ बस्ने वर्ष २६ को शिव आनन्द गुप्ता रहेका छन ।

 

पर्सा प्रहरीले जैसवालको साथ बाट २४ लाख र गुप्ताको साथ बाट २९ लाख ८० हजार रूपैया बरामद गरेको हो ।

 वीरगंज को बीरगंज पब्लिक  क्याम्पस छेउमा डेरा गरी बस्ने गुप्ता समेतले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको विषेश सूचना प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले निगरानी गरिरहेकोमा जैसवालले कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

 

उनले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रूपैया २४ लाख फेला परेको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनु भयो  ।

 

साथै शिव आनन्द गुप्ताको डेरामा रीतपूर्वक खानतलासी गर्दा  नेपाली रूपैया २९ लाख ८० हजार थप फेला परेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनु भयो  ।

 

स्रोत नखुलेको ५३ लाख ८० हजार रूपैया बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई  अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.