logo

निषेधाज्ञा उललंघन गरेको आरोपमा १४ ब्यापारी पक्राउ,पसल नखोल्ने प्रतिवद्धता पछि रिहा

      5/31/2021 गते 00 00 मा प्रकाशित     513   पटक पढिएको

प्रहरीले स्थानीय प्रशासनको आदेश उल्लंघन गर्ने बीरगंजका केही पसल संचालकहरुलाई पक्राउ गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय पर्साले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उलंघन गरी पसल खोल्ने सञ्चालकहरुलाई पक्राउ गरेको हो ।


वीरगञ्जको  आकाश इन्टरनेशनल पसलका आषिश गुप्ता, बी एण्ड बी होटेलका गोपाल तामाङ, डिलाई गो रेष्टुरेन्टका प्रिन्स श्रीवास्तव र सन्देश जैसवाल,विशाल ट्रेडर्सका सुरज गुप्ता,   श्रेष्ठ टेलर्सका सोनू श्रेष्ठ, पिपा सेन्टरका मनिष गुप्ता, नमी ट्रेडर्सका नसिम अख्त्तर, नेहा भिजन ईलेक्ट्रोनिक्सका बलराम प्रसाद सोनार, वीरगञ्ज ईलेक्ट्रोनिक्सका रुपेश कुमार सर्राफ, पायल स्टुडियोका शेख नजिर,बालाजी पसलका बन्टीबाबु गुप्ता, मितेश ट्रेडर्सका भोला प्रसाद कलवार,  र बिकास तामाङलाईसम्झाईबुझाई छोेडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए । 

 

निषेधाज्ञाको उलंघन गरी पसल तथा होटेल सञ्चालन गर्ने १४ जनालाई नियन्त्रणमा लिएर अब उप्रान्त निषेधाज्ञा अवधिभर पसल नखोल्ने शर्तमा छोडिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।  

 

वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा अत्यावश्यक सेवा बाहेकका अन्य मालसामानहरुको पसल सञ्चालन गरेको सूचनाको आधारमा खटिएको प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।


स्थान्ीय प्रशासनले अत्यावश्यक बस्तुका पसल संचालनकोलागि बिहान ८ बजे सम्मकालागि समय सीमा निर्धारण गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.