logo

पत्रकार पासवानमाथि सशस्त्र प्रहरीद्वारा दुर्ब्यवहार महासंघले गरेको कारवाहीको माँग

      6/6/2021 गते 00 00 मा प्रकाशित     506   पटक पढिएको

पत्रकार श्याम पासवान माथि भएको दुर्ब्यवहारको बिरुद्ध नेपाल पत्रकार महासंघ सहितका बिभिन्न संस्थाले बिज्ञप्ति जारी गरेका छन ।

 

नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले बिज्ञप्ति जारी गर्दै राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष  श्याम पासवानमाथी भएको दुर्ब्यवहारको निन्दा गर्नु भएको छ ।

जेठ २२ गते  समाचार संकलनका लागि जानकी टोलाको दसौता तर्फ जानु भएका पासवानलाई सोही ठाउमा डियुटीमा खटेको सशस्त्र प्रहरी बेस क्याम्प भिखपुरका प्रहरी हवलदारले  अभद्र व्यवहार गरेका थिए ।

 

 पत्रकार पासवानको मोवाइल खोसी फोटो र भिडियो डिलिट गरेर सशस्त्र प्रहरीले पत्रकारलाई निरुत्साहित गर्न खोजेको महासंघ पर्साका सचिब भुषण यादवद्वारा जेठ २३ गते जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै बदला लिने उद्देश्यले गरिएको अभद्र व्यवहारले सशस्त्र प्रहरीको व्यवसायिक निष्ठामाथी प्रश्न उब्जाएको बिज्ञप्तिमा उल्लेख छ ।

 

महासंघले आगामी दिनमा पत्रकारमाथीको अभद्र व्यवहार दोहोरिएमा असह्य हुने बताउँदै दोषी सशस्त्र प्रहरीमाथी कारवाही गर्न माग गरेको छ ।

 

 प्रेस संगठन पर्सा, नेपाल फोटो पत्रकार महासंघ पर्सा नेपाल प्रेस युनियन पर्सा र नेपाल चलचित्र पत्रकार संघ पर्सा र राष्ट्रिय दलीत पत्रकार संघ पर्साले बिज्ञप्ति जारी गरि दोषी प्रहरीलाई कारवाही गर्न माँग गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.