logo

नारायणी अस्पताललाई अग्नी ग्रुपद्वारा पन्ध्र लाख बराबरको उपकरण हस्तान्तरण

      6/10/2021 गते 00 00 मा प्रकाशित     505   पटक पढिएको

 नेपालको व्यापारिक समूह अग्नी ग्रुपले नारायणी अस्पताललाई उपकरण सहयोग गरेको छ ।

 

काभिड–१९ महामारीको दोश्रो भेरियण्टमा वीरगन्ज पनि उच्च जोखिममा निरन्तर संक्रमितहरुको उपचार सेवा दिएको नारायणी अस्पताललाई बिहीबार अग्नी ग्रुपले आवश्यक उपकरणहरु सहयोग गरेको हो ।

 

ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठले ३ सय केभीएको स्टेपलाईजर एकथान, २० केभिएको युपिएस एकथान र ३२६ एम्पियरको व्याट्री १६ थान वीरगन्जमहानगरपालिकाकानगर प्रमुख विजयकुमार सरावगीको रोहरबरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विरेन्द्र प्रधानलाई हस्तान्तरण गरिएको अग्नी ग्रुपका वीरगन्ज शाखा प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिनुभयो ।

 

सबै सामान गरी कूल १५ लाखमूल्य बराबरको रहेको उपकरणहरु उपलब्ध गराएको उहाँले बताउनुभयो । हस्तान्तरण गरिएको उपकरणहरु कोभिड अस्पतालले संचालन गरेको आईशोलेसन वार्डकालागि उपयोगी हुने क्षेत्रीले बताउनुभयो ।

 

वीरगन्जमहानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अस्पतालमा नियमित विद्युत आपूर्तिको लागि व्यावस्था गर्ने आश्वासनदिनु भएको थियो । उहाँले दिएको आश्वासनमा अग्नी ग्रुपले साथ दिएको छ ।

 

महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र रोकथामकालागि चालेको हरेक कदममा सबै क्षेत्रबाट सहयोग जुट्ने गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.