logo

बीरगंजमा रक्तदान १२ महिला सहित १ सय ३३ जनाले गरे रक्तदान

      6/12/2021 गते 00 00 मा प्रकाशित     524   पटक पढिएको

राष्ट्रिय युवा संघ नेपाल र बीरगंज युवा समाजद्वारा फरक फरक स्थानमा आयोजित रक्तदान कार्यक्रममा १ सय ३३ जनाले रक्तदान गरेका छन ।

 

रक्तदातामा १२ जना महिलाले रक्तदान गरेका छन ।  दुबै संस्थाले रक्त संचार केन्द्रमा रगतको अभाव भएका कारण   आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन । 

 

युवा संघले आयोजना गरेको कार्यक्रममा संबिधान सभा सदस्य एवम् नेकपा एमालेका नेता राजकुमार गुप्ताको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा १ महिला सहित ८१ जनाले रक्तदान गरेका छन् । 

 

कार्यक्रममा अनुष्का शर्मा,राकेश साह,आनन्द पटेल,देवकुमार सर्राफ, रामप्रकाश सर्राफ,राजकुमार साह,दिनेश मिश्रा कुर्बान शेख, बिराज यादव, नरेश यादव लगायतकाले रक्तदान गरेका हुन् । 

 

संघका पर्सा अध्यक्ष एवम् सचिवालय सदस्य महम्द निजामुदिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, नेकपा एमालेका युवा नेता तेजप्रकाश निषाद, सुन्दर कुर्मी, संजिव मिश्रा, श्याम गुप्ता, संघका केन्द्रिय सदस्य रबि गुप्ता, चन्दन गुप्ता, नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साह, शिवशंकर यादव, युवा नेता संतोष पासवान, अनिल हजरा लगायतको उपस्थिति रहेको थियो । 


त्यस्तै बीरगंज युवा समुहले आयोजना गरेको  रक्तदान कार्यक्रममा ११ महिला सहित ५२ जना ले रक्तदान गरेको समाजका अध्यक्ष कमल चौगाईले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.