logo

नयाँ शैक्षिक सत्रमा शुल्क नबढाउन नीजि शिक्षालयलाई बिद्यार्थीको अपिल ,सुरक्षा मापदण्ड नभई बिद्यालय संचालन नगर्न माँग 

      6/13/2021 गते 00 00 मा प्रकाशित     493   पटक पढिएको

निषेधाज्ञाका कारण बन्द रहेका बिद्यालयहरुलाई नयाँ शैक्षीक सत्रको शुल्क नबढाउन आग्रह गरेका छन ।

निषेधाज्ञाका कारण अभिभावकहरुको आम्दानीको स्रोत नराम्रोसंग प्रभावित भएकोले बिद्यार्थी नेताहरुले यस्तो आग्रह गरेका हुन ।

 

यस्तो अवस्थामा शुल्क बृद्धि गरेर अभिभावकलाई तनाव नदिन समेत बिद्याल संचालकहरुसंग अपिल गरेका छन । 

बिधार्थी संगठनका नेताहरुले आईतबार बीरगन्ज महानगरपालिकाको शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्णलाई भेटगरि  बिद्यार्थी संगठनको सरोकारको बिषयमा जानकारी गराएका छन ।

 

बिद्यार्थी संगठनका नेताहरुले , विद्यालय सञ्चालनको ठोस नीति नबनाई विद्यालय सञ्चालन नगर्न समेत माँग गरेका छन । कोभिड विरुद्धको स्वास्थ्य सावधानीको मापदण्ड र महानगरले अनुगमन समिति गठन नगरेसम्म विद्यालय सञ्चालन गर्न नहुने अनेरास्ववियुका नेता हेमन्त तमाङले बताउनु भयो ।

 

 सम्बन्धीत सबै सरोकारवालाहरुसँग छलफल गर्दै स्वास्थ्य सुरक्षाको प्रत्याभुति नगरि विद्यालय सञ्चालन गर्न नहुने तमाङको तर्क छ । 


यस्तो अवस्थामा शूल्क बढाउने, पाठ्यपुस्तक थप्ने तथा परिवर्तन गर्ने, विद्यालयको पोशाक परिवर्तन गर्ने जस्ता  कार्यहरु नगर्न ध्यानाकर्षण गराउँदै विद्यार्थी तथा विद्यालय सम्बन्धी निर्णय गर्दा विद्यार्थी संगठनलाई पनि अनिवार्य रुपमा सहभागि गराउन बिद्यार्थी संघर्ष समितिले आग्रह गरेको  समितिका संघर्ष समितिका हेमन्त तामाङले बताउनु भयो  ।


शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्णले समितिले उठाएको विषयहरुबा बारेमा महानगर सचेत रहेको जानकारी गराउँदै विद्यालय सञ्चालनको ठोस खाका बनाउने आश्वासन दिनु भएको छ  । उहाँले अनुगमन समिति बनाउने र मापदण्ड निर्माणका लागि छिटै छलफल गरी सूचना निकालिने बताउनु भयो  । 


बैठकमा संघर्ष समितिका अध्यक्ष विकास तिवारी, सदस्य रेयाज अन्सारी, शेष हजरा, फिरोज बादशाह, एजाजबाबु राकी, मनोज साह, अभय कर्ण,आशिफ अहमद, सल्लाहाकार समितिका अध्यक्ष सुजित गिरी, पूर्व विद्यार्थी नेता शिवजी गुप्ता लगायतको सहभागिता रहेको सल्लाहाकार समितिका सदस्य एवम् अनेरास्ववियुका केन्द्रिय सदस्य तामाङले जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.