logo

काउन्सिलद्वारा पत्रकारको समस्या बारे अध्ययन , प्रतिवेदन छिटै काउन्सिलाई बुझाइने

      6/19/2021 गते 00 00 मा प्रकाशित     555   पटक पढिएको

प्रेस काउन्सिल नेपालले कोभिड १९ को कारण पत्रकारहरुले भोग्नु परेको समस्याको बिषयमा अध्ययन अनुसन्धान शुरु गरेको छ ।

 

अध्ययनकालागि प्रेस काउन्सिलले बनाएको टोलीले शनिवार मध्य तराईका पत्रकारहरुसंग छलफल गरेको छ । टोलीमा पत्रकार बिश्वमणी सुवेदी नरेन्द्र साउद  र प्रेस काउन्सिलका महेन्द्र सिंह रहनु भएको छ । 

 


बीरगंजमा पत्रकारहरुले अहिलेको अवस्थामा भोग्नु परेको समस्याका बारेमा टोली समक्ष आफनो अवधारणा प्रस्तुत गरेका थिए । साना लगानीका संचार माध्यमलाई कम ब्याजदरमा लोन दिने ब्यवस्था मिलाउनकालागि काउन्सिललाई सहजीकरण गर्न उनीहरुले आग्रह गरेका थिए ।

 

अहिलेको समयमा कोरोनाका कारण पत्र पत्रिकाको प्रकाशन र बितरण प्रभावित भएको बेलामा सबै पत्रिकालाई बर्गिकरणमा समावेश गर्नपर्नु राय समेत ब्यक्त गरिएको थियो । 


प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेखको अध्यक्षतामा भएको अन्तरक्रियामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य के.सी.लामिछाने प्रदेशका महासचिव श्याम बन्जार पर्साका उपाध्यक्ष युवराज खडका केन्द्रीय परिषद सदस्य महेशचन्द्र गौतम बिजय कुशवाहा लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो । टोलीले यस अघि बारा , रौतहट र सर्लाहीका पत्रकारहरुसंग पनि छलफल गरेको थियो ।

 

टोलीले पत्रकारहरुको समस्याको बारेमा गरिएको अध्ययन र निषर्कष छिटै काउन्सिललाई हस्तान्तरण गरिने टोली सदस्य नरेन्द्र साउदले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.