logo

बलात्कार प्रयासको आरोपमा २२ वर्षिय अब्दुल्लाह गिरफ्तार

      6/24/2021 गते 00 00 मा प्रकाशित     486   पटक पढिएको

१८ वर्षिया किशोरीलाई जर्वजस्ती बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं १  कन्चनपुर निवासी २२ वर्षिय सुरेन्द्र भन्ने अब्दुल्लाह मिया लाई असार ९ गते घरबाटै गिरफ्तार गरेको छ । 

 


अन्सारीलाई आवश्यक अुसन्धानकोलागि पर्सा जिल्ला अदालतबाट म्याद थप गराई न्यायीक हिरासतमा राखिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो । 


अन्सारीले असार ७ गते राती १२ किशोरीको घरको टाटीको बार भत्काई भित्र प्रवेश गरि जर्वजस्ती वलात्कारको प्रयास गरेको पीडितका बुवाले बताउनु भयो । 


घटना मिलाउनकालागि स्थानीयले प्रयास गरेका थिए । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको पथरैयामा रहेको कार्यालयमा आसार ८ गते मिलाउने बिषयमा छलफल भएपनि प्रहरीले कानूनी कारवाहीको प्रक्रियाबाट पछाडि नहटने जनाएपछि कारवाही प्रक्रिया अगाडि बढेको हो ।

 

डेढ लाख रुपैया पीडित परिवारलाई दिएर मिलाउने प्रयास भएको थियो तर पीडित पक्षले नमाने पछि मामला प्रहरी कार्यालयमा पुगेको थियो ।पीडित किशोरीको १० गते नै  बीरगंजको नारायणी अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.