logo

बीरगंजका होेटेल ब्यवसायीको  गुहार, होटेल चलाउने वतावरण बनाउ सरकार

      6/25/2021 गते 00 00 मा प्रकाशित     489   पटक पढिएको

कोरोना कहरका कारण थलिएका बीरगंजका होटेल तथा पर्यटन ब्यवसायीहरुले होटेल संचालनको वतावरण बनाईदिन पर्साका प्रमुख जिल्ला अधिकारीसंग माँग गरेका छन ।

 

ब्यसायीले स्वास्थ्य मापदण्डको पालना गरेर होटेल संचालन गर्ने प्रतिवद्धता जनाउदै त्यसकोलागि आवश्यक वतावरण बनाईदिन प्रमुख जिल्ला अधिकारी संग माँग गरेका हुन ।

 

होटेल तथा पर्यटन ब्यवसायी बीरगंजका अध्यक्ष हरिपन्तको नेतृत्वमा गएको ब्यवसायीहरुको टोलीले होटेल तथा पर्यटन ब्यवसाय संचालनमा नल्याउदा करिश १२ सय कर्मचारीको रोजगारी गुम्ने र ब्यवसायी पलायन हुने सम्भावना बढेर गएको बताएको छ । बीरगंजमा साना ठुला गरि ७० वटा होटेल संचालनमा छन । 

 


कोरोना महामारीका कारण कारोवार छैन तर बैकको ऋण त्यसको ब्याज , होटेलको भाडा, कर्मचारीको तलव जस्ता कुराहरु तिर्न परिरहेको छ संघका अध्यक्ष पन्तले भन्नु भयो “अरु क्षेत्र संचालनमा आएका छन तिनले राहत महशुस गर्दै छन तर होटेल तथा पर्यटन ब्यवसायलाई किना संचालन छुट छैन यसले झनै ब्यवसायीलाई समस्यामा परेको छ” । 

कोरोना महामारीको पहिलो लहरमा ०६७ चैत ११ गतेदेखि पटक पटक लकडाउन, निषेधाज्ञामा होटल तथा पर्यटन व्यवसाय ठप्प रहे ।

 

अन्य क्षेत्र खुलीसक्दा पनि होटल तथा पार्टी प्यालेस लगायत पर्यटकीय क्षेत्रहरु भने असोज १ गतेदेखि मात्रै खुलेको थियो ।

त्यसपछि पनि सीमा नाका बन्द रहँदा होटल तथा पर्यटन व्यवसाय माथि उठ्न पाएन । दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि वीरगञ्जमा पूनः बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.