logo

पटेर्वा सुगौलीको वडा नं २ बाट गाँजा सहित दुई भरिया पक्राउ ,गाँजा मालिकको पनि खोजी हुदै 

      6/29/2021 गते 00 00 मा प्रकाशित     527   पटक पढिएको

प्रहरीले गएराती पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ को मकावनी टोलमा रहेको शिवम ह्याचरीको छेउबाट गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ ।

 

मकवानपुर र धादिङ क्षेत्रमा उत्पादित गाँजा चारकोसे झाडी हुदै राता रात पैदल पर्साको राष्ट्रीय बन क्षेत्रसंग जोडिएका गाउँहरुमा ल्याइन्छ । त्यसरी ल्याइएको गाँजा पर्साको बिभिन्न नाका हुदै भारतीय बजारमा पुर्याइन्छ । 


मंगलवार राती जंगल हुदै ल्याइएको गाँजा इलाका प्रहरी कार्यालय  पटेर्वा सुगौलीका  निरिक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले गाँजा सहित दुइए जनालाई पक्राउ गरेको हो ।

 

 पक्राउ पर्नेमा मकवानपुर जिल्लाको राक्सीारङ गाउँपालिका वडा नं ५ का १९ वर्षिय सोमलाल प्रजा र  ३९ वर्षिय बीर बहादुर प्रजा रहेका छन ।

 

पक्राउ उनीहरु दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो । प्रहरीले गाँजाको कारोवारीका बारेमा पनि आवश्यक अनुसन्धान भइरहेको बताएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.