logo

महानगर प्रमुख सरावगीद्वारा विद्यालय भवन तथा धान रोपाईँ उदघाटन 

      6/29/2021 गते 00 00 मा प्रकाशित     525   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मंगलबार धान दिवसको अवसरमा धान रोपाईँको उदघाटन गर्नुका साथै विद्यालय भवनको पनि उदघाटन गर्नुभएको छ ।

 

वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मा महानगरको कृषि शाखाले आयोजना गरेको धान दिवसको अवसरमा पुगेर धान रोप्नुका साथै वडा २७ भवानीपुरमा निर्माण भएको विद्यालय भवनको उदघाटन गर्नु भएको हो ।

 

महानगरपालिकाको नगरस्तरीय बजेटबाट निर्माण गरिएको चार कोठे भवनको मंगलबार महानगर प्रमुख सरावगीले उदघाटन गर्नुभएको हो । २/२ कोठे भवनको १५/१५ लाख गरी ३० लाख रुपैयाँको लागतमा निर्मित ४ कोठ भवनको नगरप्रमुख सरावगीले उदघाटन गर्नुभयो  ।

 

विद्यालयको पर्खाल निर्माणका लागि ९ लाख, शौ

चालय निर्माणका लागि ७ लाख र खेल मैदानमा माटो पुर्नका लागि २ लाख रुपैयाँ महानगरपालिकाबाट उपलब्ध गराइएको नगरप्रमुख सरावगीले बताउनुभयो ।

 

त्यसैगरी आगामी वर्ष नेपाल सरकारको बजेटबाट १२ कोठे भवन निर्माणका लागि पनि पहल गर्ने नगरप्रमुख सरावगीले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.