logo

रंगशाला पुनः निर्माणको लागि डिटेल प्रोजेक्ट रिपोट कार्य शुरु

      2/3/2017 गते 00 00 मा प्रकाशित     1260   पटक पढिएको


वीरगंज, २१ माघ । नारायणी रंगशाला वीरगंजको पुनः निर्माणको लागि आज देखि डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट)कार्य शुरु भएको छ । पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवको बिशेष पहलमा काठमाडौंबाट आएका प्राविधिकहरुको टोलीले आज देखि सो कार्य शुरु गरेको छ ।

आज बिहान स्थलगत निरिक्षण पश्चात प्राबिधिक टोली संग छलफल गर्दै सांसद यादवले डिपिआर अध्ययनमा कुनै किसिमको समस्या आए आफुलाई जानकारी गराउन आग्रह गरेका थिए । देशकै नमुना खेलकुद रंगशाला आफनो क्षेत्रमा परेकोले यसको बिकासमा मेरो दायित्यव र जिम्मेवारी बढि हुने बताए । डिपिआर पश्चात सरकारले दिने बजेट पश्चात आफुले यसको बिकास बारे थप रकम बिनियोजन गर्ने धारणा राखेका थिए । करिब चार महिनाको अध्ययण पश्चात प्राबिधिक टोलीले आफनो प्रतिवेदन सरकारलाई बुझाउने र सरकारले सोही प्रतिवेदन अनुसार रंगशाला पुनः निर्माणको लागि बजेट छुट्याउने जिल्ला खेलकुद बिकास समिती पर्साका कार्यवाहक अध्यक्ष दिपक तिवारीले बताए ।

 

टोलीले नारायणी रंगशालाको वाल, जग्गा, प्याराफिट,  कबडहल, क्रिकेट ग्राउण्ड लगायतको ठाँउको बिस्तृत अध्ययण गर्ने र सोही अनुसार मास्टर प्लान बनाई मन्त्रालयमा बजेट मांग गर्ने मध्यमाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष मानदेव हजारले बताए । हाल पर्सा जिल्लामा रहेको नारायणी रंगशाला क्षेत्रको मात्र काम हुने र सो कार्य गर्न चार महिना समय लाग्ने तथा आयोजना सम्पन्न गर्न करिब १५ लाख लागत लाग्ने प्राविधिक टोलीका सदस्य एवं ग्रीट कन्सल्टेन्टका आर्कटिक्ट प्लानर अरुणा टन्डुकारले बताईन ।

 

प्रविधिक टोलीमा आर्कटिक्ट प्लानर अरुणा टन्डुकार, सिभिल ईन्जिनियर अंगी श्रेष्ठ,पंकज अधिकारी ईलेक्ट्रिकल ईन्जिनियर ओमसागर बन्जारा लगायतका रहेका छन् । छलफल तथा स्थलगत निरिक्षणमा मध्यमाञ्चल खेलकुद बिकास समितीका ईन्जिनियर शिवचन्द्र यादव, जिल्ला खेलकुद बिकास समितीका सदस्य राजाबाबु रौनियार,समाजसेवी अकलेश साह  लगायत  प्रशिक्षक, खेलाडीको उपस्थिती रहेको थियो ।
 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.