logo

आठौं सिमरा गोल्डकपको उपाधी संकटाले उचाल्यो

      2/11/2017 गते 00 00 मा प्रकाशित     1147   पटक पढिएको

बारा , २९ माघ
त्रिभूवन आर्मी क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले सिमरा गोल्डकपको आठौं संस्करणको उपाधी जितेको छ । बाराको सिमरा रंगशालामा शनिवार भएको अन्तिम भिडन्तमा आर्मीलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै संकटाले गोल्डकपको उपाधी उचालेको हो । उपाधीसंगै संकटाले ट्रफिसहित पाच लाख ५१ हजार नगद हात पारेको छ । उपबिजेता आर्मीले भने दुइ लाख ५१ हजार चित्त बुझाएको छ । रोमाञ्चकल फाईनलमा भिडन्तको निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि निर्णायक गोल हुन नसकेपछि नजिता टाईब्रेकरबाट निकालिएको हो ।


टाईब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदिप कार्कीले गोल गरेका थिए । संकटाका बिश्व अधिकारीको प्रहार भने सुनिल श्रीवास्तवले रोकेका थिए । आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरले मात्र बललाई जाली चुमाउन सके । आर्मीका जितेन्द्र कार्की र दिपक गुरुङको प्रहार संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाउ गरे । यसअघि खेलको ४७ मिनेटमा आर्मीका बालकृष्ण श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्सभित्रबाट बिनयले प्रहार गरेको बल क्रसबारमा लागेर गोललाईन भित्र छिरेको थियो । खेलको सुरुवात देखीनै आक्रमक सुरुवात गरेका दुबै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले ।


पहिलो हाफमा १–० ले पछि परेको संकटाले खेलको ५६ मिनेटमा बराबरी गोल फर्कँयो । आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाईलाई लडाएपछि पाएको फ्रिकिक बललाई सदुपयोग गर्दै संकटाका अमित तामाङले उत्कृष्ट गोल गरे । अमितको गोलसंगै खेलमा फर्किएको संकटाले आर्मीलाई चुनौती पस्कीदै राम्रो खेल प्रदर्शन ग¥यो । दोस्रो हाफमा पनि दुबै टिमका खेलाडीले राम्रा अवसर खेर फाले । दुबै टिमले १–१ को बराबरी खेलेपछि खेलमा २० मिनेट अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक बिनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक समेत घोषित भएका उनले यामाहा मोटरसाईकल प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्ड आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले हात पारे । बिधागत रुपमा पुरस्कार पाएका सबैले जनही १५ हजार नगद प्राप्त गरेका छन् । प्रतियोगिताको फेयर प्लेको पुरस्कार एपिएफ क्लबले हात पारेको छ ।


प्रतियोगिताको बिजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियालगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.