logo

वीरगञ्ज सिमरा गोल्डकपको क्वार्टरफाईनलमा

      2/4/2017 गते 00 00 मा प्रकाशित     1217   पटक पढिएको


वीरगञ्ज, २२ माघ । सहारा क्लब पोखरालाई हराउँदै वीरगन्ज युनाईटेड क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिबार भएको क्वार्टरफाईनलमा सहारामाथि १–० को जित निकाल्दै वीरगन्ज प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो । वीरगञ्जको जितमा विकास राईले निर्णायक गोल गरे । सहाराको रंक्षापंक्ती सम्हालिन नपाउदै खेलको दुई मिनेटमा बिकासले गोल गरे । डिबक्सभित्रबाट बिकासले प्रहार गरेको सहाराका कप्तान सुसन गुरुङको खुट्टामा लागेर गोल भएको थियो । बिकासको प्रहार रोक्न सुसन असफल देखिए ।

 खेलको सुरुवातमै गोल खाएपछि दवावमा देखिएको सहारामा तालमेलको अभाव देखिन्थ्यो । एकेडेमीका तीन खेलाडीसहित मैदानमा उत्रिएको सहाराले वीरगञ्जविरुद्ध पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । सहाराको फिनिसिङमा तालमेलको अभाव खड्कियो । खेलमा अग्रता लिएपछि पहिलो हाफमा वीरगञ्ज हावी भयो । सुरुवातदेखि आक्रामक खेल खेलेको वीरगञ्जले खेलको ३३ औं मिनेटमा कप्तान अमर डंगोलको पासलाई बिकास राईले फितलो प्रहार गरे। डिबक्सभित्रको बलमा उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । पहिलो हाफको अन्तिम समयमा पाएको तीन वटा उत्कृष्ट अवसर वीरगन्जले चुकायो ।

 खेलको दोस्रो हाफमा सहाराले सुधारिएर प्रदर्शन गरे पनि स्कोर गर्न नसक्दा पराजय भोग्न पुग्यो । दोस्रो हाफमा सहाराले वीरगन्जलाई दवावमा राख्दै बनाएको थुप्रै अवसर चुकाउन पुग्दा हार आत्मसाथ गर्न बाध्य भयो । सहाराका सहायक प्रशिक्षक दिपेश योञ्जनले खेलाडीबिच तालमेल नमिल्दा पराजय भोग्न पुगेको बताए । दोस्रो हाफमा केही सुधारिएर प्रदर्शन गरेपनि गोल गर्ने अवसर चुकाउदा पराजय भोगेको योञ्जनले बताए । वीरगञ्जका प्रशिक्षक सुलभजंग राणाले जितबाट सन्तुष्ट हुन नसकेको बताए । सहाराविरुद्ध पहिलो हाफ राम्रो खेलेपनि दोस्रो हाफमा खेलाडीले तालमेल बनाउन नसकेको उनको भनाई थियो ।

खेलको म्यान अफ दि म्याच वीरगञ्ज रजिन सुब्बा घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आईतवार साविक बिजेता प्राईम पोलिक्लिनिक बिजय युथ क्लब र सरस्वती युथ क्लबबीच हुनेछ आयोजक जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.