logo

पोखरा रंगशालाभित्र तीनवटा टेनिस कोर्टको उद्घाटन

      3/18/2017 गते 00 00 मा प्रकाशित     1268   पटक पढिएको

चैत्र ५,पोखरा
कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरा रंगशालाभित्र बनेको विभिन्न टेनिस कोर्टमध्ये शनिबार तीनवटा टेनिस कोर्टको एकै पटक उद्घाटन गरिएको छ । टेनिस कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुलेनै टेनिस कोर्टको उद्घाटन गरेका हुन् । टेनिस कम्प्लेक्स हाताभित्र निर्माण भएको कोर्र्ट नम्बर ३ बि एण्ड बि टेनिस कोर्टको बिमल बस्यालले, कोर्ट नम्बर ४ सूर्य–प्रेम टेनिस कोर्टको किरण केसीले तथा कोर्ट नम्बर ५ नेपाली हङकङ्ग टेनिस कोर्टको हङकङ नेप्लीज टेनिस सोसाइटीका अध्यक्ष मगेन राईले उद्घाटन गरेका हुन् ।
सो अबसरमा टेनिस संघ कास्कीले दाताहरुलाई सम्मान पत्रले सम्मान समेत गरेको थियो । त्यसैगरि टेनिस कम्प्लेक्समा भौतिक निर्माणमा सहयोग गरेको भन्दै तमुधी जापानका अध्यक्ष श्री गुरुङ्गलाई पनि संघले सम्मान ग¥यो । त्यस्तै टेनिस कम्प्लेक्ससम्म खानेपानीको धारा पु¥याउन सहयोग गरेको भन्दै खानेपानी संस्था पोखराका प्रमुख निरन महर्जनलाई पनि सम्मान गरिएको थियो ।
संघ कास्कीका अध्यक्ष विनोद कायस्थ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, सशस्त्र प्रहरी बलका एसएसपी कृष्णभक्त बर्माचार्य लगायतले सम्मान–पत्र प्रदान गरेका थिए ।
यसैबिच होली कप पोखरा ओपन डबल्स टेनिस प्रतियोगिताको उपाधी राजन पौडेल र अनिल तुलाचनको जोडिले जितेका छन् । शनिबार भएको फाइनल खेलमा उनीहरुले अनिल शाहि र रामराजा कार्कीको जोडीमाथि २–६, ६–४ र ६–२ को नतिजा निकालेका थिए । विजयी खेलाडीहरुलाई ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।
संघ कास्कीका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गर्दै टेनिस कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुलाई धन्यबाद ज्ञापन गरे । आगामी दिनहरुमा पोखराबाट उत्कृष्ट युवा खेलाडीहरुको उत्पादनमा संघ कास्की लागि पर्ने उनले जनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.