logo

प्रथम नकआउट फूटबल प्रतियोगिता शुरु

      3/22/2017 गते 00 00 मा प्रकाशित     1258   पटक पढिएको

रंगपुर ९ चैत । मधुवन मथौल गाविसद्वारा आजदेखि प्रथम नकआउट पूmटबल प्रतियोगिता २०७३ सञ्चालन गरिएको छ ।प
प्रतियोगिताको मधुवन मथौलका सचिव प्रदीप रिजालले उद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रममा रीतनारायण चौधरी, वासुदेव महतो, पूर्व गाविस अध्यक्ष लालदेव उराँव र नेपाल राष्ट्रय माध्यामिक बिद्यालय सथवल सियरहीका प्रधानाध्यापक भागवत प्रसाद थारु लगायतले  मन्तव्य व्यक्त गरेका थिए । 
    आजको उद्धघाटन खेल आमादेवी युवा स्पोर्ट्स क्लब बढनियार, र जनसेवा साझा युवा क्लब सखुवा प्रसौनीवीच भएको थियो । आज भएको खेलमा जनसेवा साझा युवा क्लब सखुवापरसौनी १ गोलले विजयी भएको छ । आमोदेवी युवा स्पोर्ट्स क्लबबढनियारलाई ० को विरुद्ध १ गोलले हराई सखुवा प्रसौनी विजयी भएको हो  । १७ गते सम्म चल्ने प्रतियोगितामा बार पर्साका १० वटा फूटवल टिमको सहभागिता रहेको र प्रतियोगित संचालनको लागि गाविसले बजेट बिनियोजन गरेको स्थानीय दिनेश तिमिल्सीनाले बताएका छन ।
  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.