logo

चौराहले चुम्यो डिपिएलको उपाधी

      4/22/2017 गते 00 00 मा प्रकाशित     1139   पटक पढिएको

काठमाण्डौ ९  धनगढी । ब्याटिङमा शानदार कमब्याक, आरिफ शेखको अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा घरेलु टोली चौराह टिम धनगढीले विराटनगर किंग्सलाई पराजित गर्दै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको उपाधि जितेको छ। 

शनिबार धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा  चौराहले शरद  विराटनगरलाई ६२ रनले पराजित गर्दै सर्वाधिक नगद पुरस्कार राशीको डिपिएल च्याम्पियन हात पारेको हो। उपाधिसँगै चौराहले नगद १५ लाख र ट्रफी हात पार्‌यो।

लिगमा लगातार ३ खेल हारेको चौराह  च्याम्पियन बन्ने क्रमम त्यसपछिका लगातार ५ खेल जित्न सफल भएको हो।

चौराहले निर्धारित २० ओरभमा ५ विकेट गुमाएर १६० रनको च्यालेन्जिङ स्कोर खडा गर्‌यो। 

ओपनर ब्याट्सम्यान राजु रिजाल शून्य तथा अनिल मण्डल जम्मा २ रनमा आउट भएपनि त्यसपछिका ब्याट्सम्यानले चौराहको इनिङ्स सम्हाले। तेस्रो नम्वरमा ब्याटिङ गरेका पृथु बास्कोटा १४ रन बनाएर आउट भए। 

कुनै समय ९।२ ओभरमा ३७र३ को अवस्थामा रहेको चौराहका लागि आरिफ शेखले सर्वाधिक ५४ रन बनाए।  

२९ रनमा प्रकाश विष्टको बलिङमा सुशिल कँडेलद्वारा क्याचआउट हुनुअघि पारसले चौथो विकेटका लागि आरिफ शेखसँग ४४ रनको महत्वपूर्ण साझेदारी। जुन साझेदारी चौराहको लागि स्कोर उकास्न महत्पवूर्ण रह्यो। 

त्यसपछि आरिफ र अमरसिंह राउटेलाले आक्रँमक ब्याटिङ गर्दै पाँचौ विकेटका लागि २४ बलमै ६३ रनको साझेदारी गरे। आरिफले ३० बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै जारी प्रतियोगितामा व्यक्तिगत दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। 

अमरले १५ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा नटआउट ३१ रन बनाए भने शौरभ खनालले ५ बलमा नटआउट १४ रन जोडे।
बलिङमा विराटनगरका सुशिल कँडेलले २ तथा जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकारश विष्टले १(१ विकेट लिए।

विराटनगरको पनि सुरुवात राम्रो हुन सकेन। जसले गर्दा ठूलो लक्ष्इ पछ्याउने क्रममा नियमित अन्तरमा विराटनगरको विकेट पतन भयो। विराटनगर १८।१ ओभरमा ९७ रनमै अलआउट भयो।  बिराटनगरका प्रनित थापा मगरले बनाएको २७ नै  सर्वाधिक स्कोर रह्यो। 

यस्तै ओपनर अमित श्रेष्ठले २६ तथा अनिल शाह र दीपेन्द्र सिंह ऐरीले समान १३ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.