logo

प्रसौनी बिर्तामा सभासद यादवद्वारा खेलकुद सामाग्री हस्तान्तरण

      4/1/2017 गते 00 00 मा प्रकाशित     1235   पटक पढिएको

वीरगंज,  १९ चैत्र ।
पर्सा क्षेत्र नं।२ का सांसद बिचारी प्रसाद यादवको संसदिय बिकास कोषबाट आज एक कार्यक्रमका बिच खेलकुद समाग्री बितरण गरिएको छ । वीरगंज उपमहानगरपालिका वडा नं। २३ प्रसौनी बिर्तामा फुटबल खेलाडीहरुलाई सो खेलकुद समाग्री बितरण गरिएको हो । खेलकुद समाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं २ का सांसद बिचारी प्रसाद यादवले खेलाडी देशको गहना भएकोले खेलाडीको संरक्षण र बिकासमा आफुलेसक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सांसद यादवले खेलकुद बिकासको लागि आफु सदैव तत्पर रहेको बताउदै हालै नारायणी रंगशाला बिकासको लागि शहरी पुर्वाधार बिकास मंत्रालय अन्तर्गतको बजेटबाट  ५ करोड रकम बिनियोजन गरेको बताए ।  सांसद यादवले खेलाडीहरुलाई निसंकोच भएर  खेल खेल्न आग्रह गर्दै खेलकुद समाग्रीको लागि चिन्ता नलिन आग्रह गरेका थिए । 
नेकपा एमाले वडा नं। २३  प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु प्रसाद यादवको सभापतित्वमा सम्पन्न खेलकुद समाग्री बितरण कार्यक्रममा मध्यमांचल फुटबल प्रशिक्षक एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सल्लाहकार हरी बहादुर श्रेष्ठ, जिल्ला खेलकुद बिकास समिती पर्साका उपाध्यक्ष दिपक तिवारी, एमालेका स्थानिय नेता राजकुमार सिंह, अमल यादव, रामनाथ यादव,असरफी राउत अहिर, राजेश यादव लगायत खेलाडीहरुको उपस्थिती रहेको थिए । 
सांसद यादवले खेलकुद बिकासको लागि यस बर्ष ९ लाख २५ हजार रकम बिनियोज गरेको जानकारी दिए । सो अवसरमा फुटबल खेलाडीहरु निरज श्रेष्ठ, सुजित साह, पप्पु यादव, उपेन्द्र दास लगायत ५० जना भन्दा बढि खेलाडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण राकेश साह गोंडले गरेका थिए ।
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.