logo

मधुवन मथौलमा सशस्त्र प्रहरीले उपाधी चुम्यो

      4/1/2017 गते 00 00 मा प्रकाशित     1381   पटक पढिएको

रंगपुर  १९ चैत्र । राष्ट्रीय योजना आयोगका सदस्य डा.कृपासिन्धु चौधरीले खेलाडीहरुले खेलको माध्यमले राष्ट्रको नाम उच्चो पार्ने गरेको बताए । मधुवन मथौल गा बि स द्वारा संचालित नकआउट फूटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै डा.चौधरीले खेलाडीमा हुने अनुशासनले देशको बिकासमा समेत प्रभाव पार्ने बताए । उनले देश धनी र गरिबको कुरा हैन प्रतिभाका कारण संसारमा चिनिएको बताउदै ब्राजील अर्जेन्टीना लगायतको दृष्टान्त दिए । यस अघि मधुवन मथौल गा बि स द्वारा संचालित नकआउट फूटबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बल पिलुवाले चुमेको छ । मधुवन मथौलको खेल मैदानमा भएको आजको फाइनल खेलमा पिलुवाले  सिमरा एकेडमी क्लब बारा लाई १का बिरुद्ध २ गोल गरि बिजयी भएको हो ।  ष्लिग दजबथय १ गोल गरि बिजयी
भएको छ । प्रतियोगिताको बिजयी टिमलाई नगद तीस हजार र उपबिजेता टिमलाई पन्ध्र हजार रुपैया डा.चौधरीले प्रदान गरे । कार्यक्रममा स्वागत मन्तब्य श्री नेपाल राष्ट्रीय मावि सियरहीका प्रधानाध्यापक भागवत प्रसाद थारुले गरेका थिए । 
 सखुवा प्रसौनी गाउँ पालिका साविक मधुवन मथौल गाविसद्वारा संचालित नक आउट फूटबल प्रतियोगितामा  बारा र पर्साका १० वटा टिमको सहभागीता रहेको दिनेश तिमील्सीनाले बताए ।  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.