logo

सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जित्यो 

      12/17/2017 गते 00 00 मा प्रकाशित     1199   पटक पढिएको

काठमाडौं २ पौष । नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। थाइल्यान्डको ट्रेडथाइ मैदानमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

यसअघि नेपालले सन् २०१४ मा मलेसियामा भएको एसिसी यू–१६ प्रिमियर प्रतियोगिता जितेको थियो। सन् २०१२ को फाइनलमा भने नेपाललाई मलेसियाले हराएको थियो।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.५ ओभरमा १ सय १२ रनमा अलआउट भयो। 

सिंगापुरका लागि ओपनिङ ब्याट्सम्यान शाहीहर्ष भेनुगोपालले सबैभन्दा बढी ३१ रनको योगदान गरे। उनले ६५ बल खेल्दा २ चौका प्रहार गरे। अर्नव वाडवाले २१ रन र राहुल शर्माले १५ रनको योगदान गरे।

बलिङतर्फ नेपालका सूर्य तामाङ र अजयकुमार लोनियाले ३–३ विकेट लिए। कुशल मल्ल र नारायण जोशीले १–१ विकेट हात पारे। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन जोड्यो। नेपालका लागि विशाल विक्रम केसीले सबैभन्दा बढी ६३ रनको योगदान गरे। उनले ७९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सुवास ऐरले २२ रनको योगदान गरे।

नारायण जोशीको नटआउट ४६ रन नेपालका लागि महत्वपूर्ण साबित भयो। उनले २३ बलमा ५ चौका र १ छक्का प्रहार गरेपछि नेपालको इनिङ बलियो बनेको थियो। 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.