logo

मारु मेमोरियल क्रिकेट प्रतियोगिता हुने 

      12/20/2017 गते 00 00 मा प्रकाशित     1305   पटक पढिएको

बीरगंज ५ पौष ।
लायन केशव मारुको स्मृतिमा आयोजना गरिने दोश्रो लायन केशव मारु मेमोरियल इन्टर स्कूल १ दिवसिय क्रिकेट प्रतियेगिताको बुधवार ब्यानर अनावरण गरिएको छ । 

लायन्स कल्ब अफ बीरगंज आदर्शनगरको आयोजनामा प्रतियोगिता पौष २१ गते संचालन हुने प्रतियोगिताको प्राविधिक समितिका अध्यक्ष बासुदेवलाल कर्णले जानकारी दिए ।


    सामाजिक सेवामा समर्पित केशव मारुको ४३ वर्षको उमेर गत वर्ष निधन भएको थियो । समाजसेवामा अग्रसर हुने मारु सबैसंग मिल्ने स्वभावका थिए ।

कसैसंग उनको बैरभाव नभएको मनोज बाबरीले बताए ।
    ब्यानर अनावरण कार्यक्रममा पिएमसीसी लायन रमेश अग्रवाल किशन मारु,लायन रामबिहारी पाण्डे देवचौधरी लगायतको सहभागिता रहेको थियो । 


    लायन राजेश वर्णवालको अध्यक्षतामा भएको कार्यक्रममा उमेश शर्माले धन्यवाद ज्ञापन गरेका थिए । शर्माले प्रतियोगितालाई अनुशासनको दायरामा संचालन गर्न र आम खेलप्रेमीहरुलाई प्रतियोगितामा हेर्नकालागि सहभागि भइदिन समेत अपिल गरेका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.